February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ट्याक्टर दुर्घटनामा १ को मृत्यु, २ जना घाइते

July 23, 2020

तनहुँ / तनहुँमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको बन्दिपुर गाउँपालिका ५ याम्पामा बुधबार राती डुम्रेबाट याम्पा जाँदै गरेको ग १ त १२२४ नं को ट्याक्टर दुर्घटना हुदा १७ वर्षिय सुमन नेपालीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा चालकसहित दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरुमा १७ वर्षिय चालक सुरेश नेपाली र किसान कोइराला रहेका छन् । चालक सामान्य उपचार पछि प्रहरी नियन्त्रणमा रहेका छन् । ट्याक्टर पहिरो गएको सडकबाट करिव ६० मिटर तल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरेहेको इलाका प्रहरी कार्यलय भानुमुकाम डुम्रेका प्रहरी निरिक्षक जितेन्द्र श्रेष्ठले बताउनुभयो ।

- ADVERTISEMENT -