२०८२ मंसिर २६, शुक्रबार
December 12, 2025
२०८२ मंसिर २६, शुक्रबार
December 12, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन राप्ती ११ नं वडाका कार्यबाहक अध्यक्ष चयनमा विवाद

प्रकाशित मिति : २०७७ श्रावण ९ गते
- ADVERTISEMENT -

राप्ती । पूर्वी चितवन राप्ती नगरपालिका वडा नं ११ का वडा अध्यक्ष हितबहादुर लामाको निधन पश्चात् वडाको कार्यवाहक अध्यक्ष बनाउने टुंगो लागेको छ ।
वडा कमिटीले पाटीका जेष्ठ कार्यकर्ताको हैसियतले कृष्णबहादुर तामाङलाई बिहीबार वडा अध्यक्ष चयन गरेका छन् भने उक्त निर्णयलाई जननिर्वाचित वडा सदस्य तथा कार्यपालिका सदस्य दिलकुमारी तामाङले ठाढै अस्वीकार गरेकी छन् ।
वडा सदस्य तथा कार्यपालिका सदस्य दिलकुमारी तामाङका अनुसार आफ्नो कुनै राय, सल्लाह नै नलिइ एकलौटी ढंगले पार्टी वडा कमिटीले आफूलाई बाइपास गरेको आरोप समेत लगाइन् ।
बिहीबार बैठक बस्ने कुरा थियो तर विविध कारणले शुक्रबारलाई सारिएको र आफू घर आइपुग्दा एक्कासी वडा अध्यक्ष चयन भइसकेको खबरले अश्चार्य लागेको वडा सदस्य तामाङले भने ।
कुशल कार्य सम्पादन र वडावासी माझ निक्कै लोकप्रियता कमाएकै कारण वडामा यसअघि कार्यबाहक अध्यक्षको रुपमा दिलकुमारी तामाङको नाम अग्रपंक्तिमा थिए भने उक्त कुरालाई वडा पार्टी कमिटीले रुचाएका थिएनन् ।
विशेषगरी महिला हिंसा र गरिबीलाई नजिकबाट नियालेर बसेकी दिलकुमारीको कार्यबाहक अध्यक्ष हुने भाव बुझेर नै नेकपा पाटी वडा कमिटीका अध्यक्ष समिलाल तामाङका टिमले दिलकुमारी तामाङलाई मुख खोलेरै कार्यबाहक अध्यक्ष बन्ने हैसियत नरहेको जनाउ दिएका थिए ।
स्रोतका अनुसार अध्यक्ष बन्ने भए नगर कार्यपालिका सदस्यबाट राजिनामा दिएर आउन र जे गर्नु छ नगरमै गएर गर्न नेकपा पार्टी वडा अध्यक्ष लामाले भनेसँगै जननिर्वाचित वडा कमिटी र पार्टी कमिटी बिच मनमुटाव बढेको हो ।
–सहयात्री खबरबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -