May 20, 2024

७२ वर्षीया वृद्वा मृत फेला

July 24, 2020
file photo.

मनकामना / बिहान घरबाट खेतमा जान्छु भनेर निस्किएकी मनकामनाकि एक वृद्वा साझ मृत अवस्थामा भेटिएकी छिन्। मृतक सहिद लखन गाउँपालिका ३ कि ७२ वर्षीया कृष्ण कुमारी आले रहेको प्रहरी चौकी मनकामनाका प्रहरी हवल्दार गोपिलाल चौधरीले जानकारी दिएका छन्।
बिहान अन्दाजी ८:३० बजेतिर घरबाट खेतमा जान्छु भनी निस्किएकी उनी साझसम्म पनि घर नफर्के पछि प्रहरी परिवार र गाउले मिलेर खोज्दै जादा साझ ८:३० बजे सहिद लखन ३ मनकामना स्थित खाल्टेपानीमा मृत अवस्था भेटिएको हो।
मृतकको शव ४ दिन अघि पहिरो गएको माटोले आधा पुरेको र आधा स्याउलाले छोपिएको अवस्थामा भेटिएकोले कसैले हत्या गरेर फालेको आशंका परिवार र स्थानीयले गरेको छन्।
शवको पछाडी पट्टिको भागमा ढुगांले हानेको जस्तो चोट छ भने अनुहार भरी पनि चोटैचोट रहेको प्रत्यक्षदर्शी स्थानीयले जानकारी दिएको छ।
यस्तै घटनाको थप अनुसन्धान र मृतकको शवलाइ पोष्टमार्टमको लागि गोरखा लैजानको जिल्लाबाट डिएसपी सहितको टोलि आउने तयारी भैरहेको प्रहरिले जानकारी दिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -