गोरखा / गोरखाको मनकामनामा खेतमा पानी लगाउन गएकी ७२ बर्षिय बृद्धाको हत्याको आंशकामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । हत्याको आंशकामा स्थानीय हुकमान चुमी मगरलाई प्रहरीले पक्राउ गरेको स्रोतले जनाएको छ ।
उनलाई गाउँपालिकाको वडा नम्बर ३ कान्टार क्षेत्र स्थित एक घरबाट पक्राउ गरिएको हो । यहि साउन ९ गते शुक्रबार जिल्लाको शहिद लखन गाउँपालिका ३ की ७२ बर्षिया कृष्णकुमारी आले मृत अवस्थामा फेला परेकी थिइन् ।
बुधबार बिहान खेतमा पानी लगाउन गएकी आलेको हटियाँ भन्ने स्थानमा शव फेला परेको थियो । खेतमा पानी लगाउन गएकी उनी राती अवेरसम्म पनि नफर्किए पछि परिवारले खोजविन गरेको र मनकामना प्रहरीमा खबर गरेका थिए ।
उनको बिहान मात्रै खोल्सीमा मृत अवस्थामा शव फेला परेको थियो । टाउको पछाडी भागमा गहिरो चोट देखिएको उनलाई हत्या गरी फालिएको अनुमानमा प्रहरीले अनुसन्धान थालेको थियो ।
वृद्वा हत्या आशंकामा युवक पक्राउ
July 27, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
