January 21, 2025
- ADVERTISEMENT -

नीतिद्वारा निर्मित सिटि हल देवघाट गाउँपालिकालाई

July 27, 2020

देवघाट तनहुँ । देवघाट गाउँपालिकामा सिटी हल निर्माण सम्पन्न भएको छ । नीति कन्स्ट्रक्सनले निर्माण गरेको उक्त सिटी हल आइतबार देवघाट गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
देवघाट गाउँपालिका वडा नम्बर ५ क्युदीमा निर्माण भएको ४ सय क्षमताको सिटि हल नीति कन्स्ट्रक्सनले गाउँपालिकाका अध्यक्षलाई साँचो हस्तान्तरण गरेको छ ।
सो सिटि हल भवन निर्माणको लागि गण्डकी प्रदेशबाट ६०५ र देवघाट गाउँपालिकाबाट ४०५ आर्थिक विनियोजन गरिएको थियो । सिटि हल निर्माणको लागि २०७६ साल असार ८ गते निति कन्स्ट्रक्सनले सम्झौता गरेको थियो भने २०७७ साल असार ३१ गते भवन सम्पन्न गरेको हो । सम्झौता सम्पन्न गर्ने तोकिए समयमै भवन सम्पन्न गरिएको निति कन्स्ट्रक्सनका प्रोपाईटर हरि प्रसाद घिमिरेले बताउनुभयो । सिटि हल भवन निर्माणको लागि लागत अनुमान १ करोड १२ लाख ४६ हजार ८ सय ६३ रुपैयाँ ६० पैसा रहेको थियो भने भवन सम्पन्न हुँदा कुल लागत १ करोड १ लाख ३१ हजार ८ रुपैयाँ ७२ पैसा लागेको थियोे ।
सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष बिमला थापा मगर, देवघाट गाउँपालिका नेकपा पार्टी अध्यक्ष भुवनसिङ्ग गुरुङ, देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदी, देवघाट वडा १ का वडा अध्यक्ष भिम बहादुर गुरुङ, देवघाट २ नम्बर वडाका वडा अध्यक्ष पोल बहादुर आले, देवघाट ३ नम्बर वडाका वडा अध्यक्ष कृतिमान आले, देवघाट ४ नम्बर वडाका वडा अध्यक्ष पदम बहादुर गुरुङ, देवघाट ५ नम्बर वडाका वडा अध्यक्ष याल बहादुर गुरुङ, देवघाट गाउँपालिकाका कार्यपालिका सदस्य यममाया गुरुङ, अनिता गुरुङ, भोगिमाया राना, बालकुमारी परियार र चन्द्रप्रकाश बि.क लगाएतको उपस्थिति रहेको थियो । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा मगरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -