April 13, 2024

माडीका निकुञ्ज पीडित चेपाङ परिवारहरुलाई राहत वितरण

July 27, 2020

चितवन । सुन्दर नेपाल सरसफाई अभियानले माडीका निकुञ्ज पीडित चेपाङ परिवारहरुलाई राहत वितरण गरेको छ ।
निकुञ्जले आगलागी तथा हात्ती लगाई घर भत्काईदिएका कुसुृमखोलाका १२ घरपरिवारलाई प्रतिपरिवार तीस के.जी. चामल वितरण गरिएको अभियानका संयोजक वीर बहादुर तामाङले जानकारी दिनुभयो ।
त्यसैगरी गतमहिनाको बाढीमा परी ज्यान गुमाउनुपरेका माडी-८, खरकट्टा निवासी पूर्व सिंह तामाङ र माडी-३, धोबाहा निवासी रामसिंह मर्दनीयाको परिवारलाई समेत राहतस्वपरु १/१ बोरा चामल उपलब्ध गराइएको हो ।
डि.आर.एस.एन. ललितपुरको सहयोगमा राहत सामग्री हस्तान्तरण गरिएको तामाङले जनाउनुभयो ।
वागमती प्रदेशका मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार जगन्नाथ थपलियाको प्रमुख आतिथ्यमा सञ्चालित सो राहत वितरण कार्यक्रममा माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्ष कृष्णराज अधिकारी, शिवहरि सुवेदी र बालकृष्ण सापकोटा तथा नेकपा जिल्ला सदस्य कमल पाठक, माडी नगर सचिव नारदमणी पौडेल लगायतको उपस्थिति रहेका थियो ।

- ADVERTISEMENT -