May 18, 2024

ट्राफिक प्रमुख दयाकृष्णसहित ८ जना सम्मानित

July 29, 2020
फोटो : सौराहा अनलाइन ।

भरतपुर, चितवन । चितवनका एक प्रहरी निरीक्षकसहित ८ जना सम्मानित तथा पुरस्कृत भएका छन् । वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले एक प्रहरी निरीक्षक सहित ८ जनालाई सम्मान गरेको हो ।
ट्राफिक कार्यालय रामनगरले वर्षभरि चितवनको ट्राफिक कार्यालय मातहत रहि उत्कृष्ट कार्य गरेका प्रहरी निरीक्षक दयाकृष्ण भटट्लाई पुरस्कारसहित सम्मानित भएका हो । त्यसैगरी प्रहरी नायब निरीक्षक कृष्णबहादरज्यू ठकुरी, प्रहरी सहायक निरीक्षक ईन्द्रबहादुर घिसिङ र प्रहरी हवल्दार हरेराम खतिवडा प्रशंसापत्र सहित र प्रहरी हबल्दार माधव खतिवडा र बाबुराम न्यौपाने प्रहरी जवानहरु रमेशदत्त भटट र अर्जुन अधिकारी नगद पुरस्कारसहित सम्मानित भएका हुन् ।
चितवनमा वर्षभरि ट्राफिक सचेतना, दुर्घटना न्यूनीकरण, कोरोना कहर बिच उत्कृष्ट कार्य गरेको भन्दै वागमती प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरिक्षक प्रकाश रानाभाटले एक समारोहका बीच उनीहरुलाई सम्मानित र पुरस्कृत गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -