२०८३ भाद्र १, सोमबार
August 17, 2026
२०८३ भाद्र १, सोमबार
August 17, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘कोरोना नहटेसम्म गत वर्षकै लाइसेन्सबाटै सक्रिय हुन पाउनुपर्छ’ – एसोसियसन

प्रकाशित मिति : २०७७ श्रावण १५ गते

–सुनिता लामा
सौराहा, चितवन / सरकारले साउन १५ देखि पर्यटन व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेको छ । कोरोना महामारीको प्रत्यक्ष प्रभाव परेको पर्यटन क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने विषयमा नेचर गाईड एसोसियसन नेपाल सौराहा भने अन्यौलमा परेका छन् ।
सरकारको निर्णयअनुसार पर्यापर्यटन सञ्चालनमा आउने तर आफूहरुको निकुञ्जबाट दिने अनुमति पत्र (लाईसेन्स)को समयावधि सकिएको र हालसम्म नवीकरण नभएकोले अन्यौलतामा परेको एसोसियसनका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो ।
चितवन राष्ट्रिज निकुञ्जमा वन्यजन्तु अवलोकनका लागि पर्यटक डुलाउनेदेखि वन र वन्यजन्तुको संरक्षणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने नेचरगाईडको निकुञ्जबाट दिने अनुमति पत्र (लाईसेन्स) को नवीकरण गराउन नसक्दा निकुञ्जका गाईडहरु चिन्तित छन् । नेचरगाईड जस्तो संवेदनशील पेशालाई नै पूर्ण रुपमा अंगालेका र यही पेशामा निर्वाहमुखी हुने अधिकांश गाईडहरु कोविड १९ का कारण समस्यामा परेका हुन् ।
चालु आर्थिक वर्षको लागि अथवा कोरोना महामारी नहटे सम्मका लागि गत वर्षकै लाइसेन्सको आधारबाट आफूहरु सकृय हुन पाउनु पर्ने एसोसियसनले माग राख्दै आएको छ ।
पर्यटन व्यवसायसँग प्रत्यक्ष रुपमा सम्बन्धित रहने गाईड एसोसियसनलाई सम्बन्धित निकाय र सरकारबाट प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि किसिमको सहयोग नभएको संघका अध्यक्ष धामीले बताउनुभयो । ‘कोविड १९ का कारण समस्यामा परेका गाईडहरुहरुका लागि सम्बन्धित निकायबाट आजसम्म न कुनै योजना भए न कुनै राहत कार्यक्रम’ उहाँ भन्नुहुन्छ, ‘हामी निकुञ्जबाट निकुञ्जकै लागि बनेका छौं, हाम्रो समस्या पनि निकुञ्जले नै बुझिदिनु पर्छ ।’
यसअघि पनि संघले निकुञ्जलाई ध्यानाकर्षण पत्र पठाएको थियो । ध्यानाकर्षण गराएको महिना दिन बितिसक्दा पनि आफूहरुको माग सुनुवाई नभएको उहाँले बताउनुभयो । उता निकुञ्जले भने राजस्वसँग सम्बन्धित गतिविधि आफ्नो तहबाट हुने सम्भावना नै नभएको बताएका छन् ।
एसोसियसनले नै माथिल्लो तहमा पहल गरेपछि नेपाल सरकारले निर्णय गरे समस्या समाधान हुन सक्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बताउनुभयो । ‘उहाँहरुलाई मर्का परेको होला त्यो आफ्नो ठाँउमा छ’ उनले भने, मेरो तर्फबाट सम्भव छैन तर निवेदन आए फरवार्ड गराउन सक्छु ।’
गत वर्ष २०७६ चैत ११ गतेबाट जारी भएको लकडाउन साउन ६ मंगलबार मध्यरातिबाट अन्त्य भएको छ भने साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धी कार्यालयहरु खुला गर्ने सरकारले निर्णय गरेको छ । हाल निकुञ्जमा ७०० बढी नेचरगाईड आवद्ध छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.39
152.99
European Euro
1
176.06
176.75
UK Pound Sterling
1
206.11
206.92
Swiss Franc
1
187.40
188.13
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.72
110.15
Singapore Dollar
1
119.13
119.60
Japanese Yen
10
9.58
9.61
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.82
41.98
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
41.49
41.66
Malaysian Ringgit
1
37.30
37.44
South Korean Won
100
10.79
10.83
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.98
497.93
Bahrain Dinar
1
404.21
405.80
Omani Rial
1
395.80
397.36