२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025
२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अश्लील भिडियो पठाउने एकजना पक्राउ

प्रकाशित मिति : २०७७ श्रावण १७ गते
- ADVERTISEMENT -

तनहुँ / तनहुँ भानुकी १३ वर्षीया बालिकाको नक्कली फेसबुक आइडी बनाएर अश्लील भिडियो पठाउने एकजना पक्राउ परेका छन्।
प्रहरीको साइवर ब्यूरोको टोलीले भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको नक्कली फेसबुक आइडी बनाएर आफन्तलाई अश्लील भिडियो पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल फोटो तथा सन्देश बालिकाको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेका मिश्र यसअघि पनि विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट रु. एक लाख तिरेर धरौटीमा छुटेका व्यक्ति भएको ब्यूरोले जनाएको छ । पक्राउ परेका मिश्रलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -