March 19, 2025
- ADVERTISEMENT -

थपिए ४ सय १८ जना नयाँ सङ्क्रमित

August 3, 2020

काठमाण्डौं / नेपालमा पछिल्लो २४ घन्टामा थप ४ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी गराउनुभयो ।
उहाँले यो संख्यासँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २० हजार ७ सय ५० पुगेको बताउनुभयो । हाल सम्म १४ हजार ९ सय ६१ ज्ना भने उपचारपछि निको भएका छन् ।

- ADVERTISEMENT -