२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

तोयानाथले पाए विमाको ३ लाख बढीको चेक

प्रकाशित मिति : २०७७ श्रावण १९ गते
- ADVERTISEMENT -

भरतपुर । युनियन लाईफ ईन्स्योरेन्स कम्पनीले तोयनाथ विश्वकर्मालाई विमा रकम चेक मार्फत हस्तान्तरण गरेको छ । कम्पनीले उक्त चेक विश्वकर्माकी श्रीमती स्व. कमला विश्वकर्माको जीवन विमा वापतको रकम प्राप्त गरेको हो ।
सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष थिरप्रसाद धितालले आफ्ना सदस्यको मृत्यु पश्चात उनको परिवारले पाउने रकम संस्थाको पहलमा विमा रकम प्रदान गरिएको बताउनुभयो । अध्यक्ष धितालका अनुसार उक्त चेक रकम रु. ३ लाख १२ हजार ५ सय रहेको छ ।
कार्यक्रममा सिद्धि विनायक साकोसका संस्थापक अध्यक्ष श्री शालिकराम घिमिरे, युनियन लाईफ इन्स्योरेन्स प्रदेश नायब प्रमुख श्री इन्द्रराज सुवेदी, युनियन लाईफ इन्स्योरेन्स नारायणगढ शाखा प्रमुख श्री भिमलाल पौडेल, संस्थाका व्यवस्थापक विकास पौडेललगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -