काठमाडौं / यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको परीक्षाफल सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको तयारी अन्तिम चरणमा पुगेकोछ । बोर्डको बैठक बस्ने बित्तिकै भोलि वा पर्सिसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणी पौडेलले जानकारी दिए ।
परिक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार बोर्डले कार्यविधिमा उल्लेख भएबमोजिम नम्बर इन्ट्री लगायत सम्पादनका सबै काम सकेको छ, अब लब्धाङक पत्रलाई अन्तिम रुप दिने हो ।
विश्वभर कोरोनाको संक्रमण फैलिएपछि कोरोना रोकथाम तथा नियत्रण उच्चस्तरीय समन्वय समितिको बैठकले माध्यमिक शिक्षा अर्थात एसईईको परीक्षा अन्तिम समयमा आएर गत चैत ५ गते स्थगित गरेको थियो ।
अचानक परीक्षा स्थगित भएपछि देशभरिबाट परिक्षाका लागि तयारी अवस्थामा रहेका चार लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी अन्यौलमा थिए । विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर यस वर्षको एसईईको परिक्षाफल सार्वजनिक गरिनेछ ।
एसईईको परीक्षाफल तयारी अन्तिम चरणमा
August 4, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
