काठमाडौँ / पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १५ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २३३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
कुल संक्रमितमध्ये ७०.५७ प्रतिशत निको भएका छन् । मुलुकभर ६ हजार २९६ सक्रिय सङ्क्रमित छन् । आज ६ हजार ६२२ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ ।
यस्तै, कोरोना संक्रमित शून्य हुने जिल्लाहरु ७ वटा रहेका छन् । जसमा खोटाङ, धनकुटा, भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र रुकुमपश्चिम छन् ।
- ADVERTISEMENT -
थप ३६०, संक्रमित पुग्यो २१ हजार ७५० जना
August 6, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -