२०८२ असार ३२, बुधबार
July 16, 2025
२०८२ असार ३२, बुधबार
July 16, 2025 Wednesday

जनप्रतिनिधिहरुलाई राष्ट्रिय परिचय पत्र व्यवस्था सम्बन्धी प्रशिक्षण

प्रकाशित मिति : २०७७ श्रावण २५ गते

रत्ननगर / पूर्वी चितवनको रत्ननगरका जनप्रतिनिधिहरुलाई राष्ट्रिय परिचय पत्र व्यवस्था सम्बन्धी प्रशिक्षण दिइएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग अन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनले आयोजना गरेको सो कार्यक्रममा राष्ट्रिय परिचय पत्रको महत्व,वितरण गर्ने तरिका,कानुनी अडचन लगायतका विषयमा प्रशिक्षण दिइएको विभागकी शाखा अधिकृत समिता पोखरेलले जानकारी दिइन ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सहजीकरण गरेका थिए । उनले रत्ननगरमा भोली सोमवार बाट एक देखि ८ नम्बर वडामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन सुरु हुने जानकारी दिए । एक महिना भित्र ८ वटा वडामा विवरण संकलनको काम सकेर दोश्रो चरणमा बाँकी रहेका ८ वटा वडामा सुरु गर्ने योजना रहेको उनले जानकारी दिइ ।
कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले राष्ट्रिय परिचय पत्र वितरणलाई प्रभावकारी र सफल बनाउने जिम्मेवारी नगरपालिकाको पनि रहेकाले जिम्मेवार भएर लाग्न वडाध्यक्ष र सचिवहरुलाई आग्रह गरिन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले राष्ट्रिय परिचय पत्र सुसाशन प्रबद्र्धन गर्ने महत्वपूर्ण अंग भएकाले यसलाई सफल बनाउनु पर्ने बताए । उनले चितवनमा पहिलो चरणमा भरतपुर महानगर,रत्ननगर नगरपालिका र माडी नगरपालिकामा विवरण संकलन गरिने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -