July 22, 2024

घर भत्किदा चार जनाको मृत्यु

August 11, 2020

डोटी / डोटीमा घर भत्किदा चार जनाको मृत्यु भएको छ ।
आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको भएको हो । घटना अन्य पाँच जना घाइते भएका छन् ।
स्थानीय गोविन्द पार्कीका अनुसार राति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।
घटनामा लोगे, उनकी आमा ताना लुहार, एक छोरी, सासु आमा र साला घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -