२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

क्षयरोग र विभिन्न कारणबाट २५ हात्ती मरे : डा गैरे

प्रकाशित मिति : २०७७ श्रावण २९ गते

चितवन / सन २००२ यता क्षयरोगका कारण चितवन राष्ट्रिय निकुञ्जका १५ हात्ती मरीसकेका छन् । यस अबधिमा अन्य कारण सहित २५ हात्ती मरेको तथ्याङ्क छ । चितवनका हात्तीमा पहिलो पटक सन २००२ मा क्षयरोग देखिएको थियो । यो संक्रमण सन २०१६ सम्म जारीनै रह्यो ।
त्यतिवेला निकुञ्जको पशु चिकित्सकको रुपमा कार्यरत डा.कमल गैरेका अनुसार क्षयरोगका कारण हात्तीमा समस्या देखिन थालेपछि नीजि र सरकारी सबै हात्तीको क्षयरोगको परिक्षण गरिएको थियो ।
त्यतिवेला निकुञ्जका १७, नीजि ४१ र राष्ट्रिय प्रकृति संरक्षण कोषका २ हात्तीमा क्षयरोग देखिएको थियो । त्यस पछिका केही वर्ष संक्रमण नदेखिए पनि सन २०१८ यता क्षयरोगका कारण चार हात्ती मरेको अनुमान छ । निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा बिजय श्रेष्ठका अनुसार पछिल्लो पटक यही साउन १९ गते मरेको दिपेन्द्रगजमा क्षयरोगको संक्रमण थियो ।
यसअघि मरेका तीन वटा हात्तीको पोष्टमाटमका क्रममा फोक्सोमा समस्या देखिएकाले ती हात्तीमा पनि क्षयरोगको संक्रमण भएको अनुमान गरिएको उहाँको भनाई छ । चितवन राष्ट्रिय निकुञ्जमा ६० हात्ती रहेका छन् भने यहाँका नीजि होटलमा ५७ वटा हात्ती रहेका छन् । देशभर यो संख्या २ सय रहेको बताईन्छ । दुई सय हाराहारीनै जंङ्गली हात्ती रहेका छन् । श्रेष्ठ हात्तीमा दोस्रो चरणमा क्षयरोग देखा परेको अनुमान गर्नुहुन्छ ।
खतरा वढे पछि नीजि र सरकारी सबै हात्तीहरुको नमुना संकलन गरि क्षयरोग परिक्षण गरिदैं छ । उहाँले भन्नुभयो “पानी रोकिए लगत्तै एक दुई दिनमानै परिक्षण सुरु गछौं ।” रगत र हात्तीको सुँढबाट निस्किएको ¥याल संकलन गरेर परिक्षण गरिने उहाँले बताउनुभयो । समयमानै उपचार गर्न सकेमा हात्ती बचाउन सकिने भन्दै उहाँले उपचारको कामलाई तिब्रता दिन लागिएको बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले क्षयरोग परिक्षणको काम तत्काल सुरु गर्न लागिएको बताउनुभयो । क्षयरोग देखिएमा उपचार गरेर हात्तीलाई निको पार्न सकीने भएकाले सबै हात्तीको परिक्षण गरिने उहाँको भनाई छ ।
–हल्कारो समाचारबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96