September 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्वास्थ्यकर्मी र बिरामीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका अन्य सेवा बन्द

August 14, 2020

काठमाडौँ / धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोना देखिएपछि अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ ।
बिरामी र स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालले ओपीडी, आकस्मिक कक्ष र वार्ड सहित संक्रमण फैलिएको आंशका भएकाले केही समय अस्पतालको सेवा बन्द गरी निसङ्क्रम गर्न आवश्यक देखिएकाले संक्रमणमुक्त नहुन्जेलसम्म अस्पतालको आकस्मिक सेवा मात्र सञ्चालन हुने जनाएको छ ।

धुलिखेल अस्पतालका १२० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा
बिहीबार साँझ एक प्रेस विज्ञप्ति मार्फत अस्पतालका प्रशासकीय निर्देशक डा रमेश माकजूले गत सोमबारदेखि बिहीबार सम्ममा चार बिरामी र एक उपचारमा सलग्न स्वास्थ्यकर्मी सहित पाँच जनामा कोरोना पोजेटिभ देखिएकाले करिब १२० डाक्टर र उपचारमा सलग्न स्वास्थ्यकर्मी एकान्तबास (क्वारेन्टाइन) बसेको बताए । विज्ञप्ति मा एकान्तबासमा रहेका व्यक्तीहरुको नमूना संकलन गरी परीक्षण भैइरहेकाले सोको जानकारी सहित सेवा सूचारु सम्बन्धी अर्को सूचना साउन ३२ गते आइतबार प्रकाशन गर्ने जनाएको छ ।
कोरोना परीक्षण गर्दै आएको उक्त अस्पतालमा चैत २३ गते यता ११ हजार ४८ जनाको परीक्षण गरेको जनाएको छ । अस्पतालमा २१ जना कोरोना पोजेटिभ र ६ जना अन्य बिरामी उपचाररत छन् ।

- ADVERTISEMENT -

Advertisement