November 12, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

August 15, 2020

चितवन / चितवनमा शुक्रबार राति थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–११ का ३२ वर्षीया महिला र श्रीपुष्पाञ्जली हस्पिटलमा उपचाररत रत्ननगर नगरपालिका–९ का ६१ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन । १४७ नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि शुक्रबारै दिउँसो वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत चार जनासहित ६ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै शुक्रबार संक्रमण पुष्टि हुनेको संख्या ८ पुगेको छ ।

- ADVERTISEMENT -