April 29, 2025

संक्रमित थप ४६८, पुग्यो २६ हजार बढी

August 15, 2020
- ADVERTISEMENT -

काठमाडौं / पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । शनिबार नियमित प्रेस बिफ्रिङ मार्फत थप ४६८ जना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयका डा जागेश्वरप्रसाद गौतमले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गरिएको हो । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।
हालसम्म १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।

- ADVERTISEMENT -