चितवन / तामाङ पत्रकार संघ चितवनले ‘२६औं तामाङ प्रसारण दिवस’ सामाजिक संजाल फेसबुक मार्फत शुभकामना आदानप्रदान गरी मनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै २६औं तामाङ प्रसारण दिवस सामाजिक संजाल फेसबुक मार्फत मनाएको संघका अध्यक्ष ज्ञानेन्द्र तामाङले जानकारी दिनुभयो ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को विषम परिस्थितिलाई मध्यनजर गर्दै कुनै पनि कार्यक्रम गर्न नसकिएका कारण सम्पूर्ण देश र विदेशमा रहनु हुने संचारकर्मी तथा शुभेच्छुक महानुभावहरुमा सामाजिक संजाल मार्फत शुभकामना दिइएको उहाँले बताउनुभयो ।
विज्ञप्तिमा भनिएको छ, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सिर्जित प्रतिकूल स्थितिलाई मध्यनजर गर्दै विगतमा वर्षहरुमा जस्तो यस वर्ष कुनै पनि औपचारिक समारोह आयोजना गर्न नसकेकोमा दुःख व्यक्त गरिएको छ ।
मुलुकमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च बन्दै गएको सन्दर्भमा चितवन जिल्लामा पनि जोखिम बढेकाले कोही पनि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र प्रशासनद्वारा लागू गरिएको निषेधाज्ञाको पूर्ण पालना गरिदिनुहुन अनुरोध गरिएको छ ।
‘संक्रमणको समयमा पनि अग्रपंक्तिमा रहेर सूचना प्रवाहमा सक्रिय रहनु हुने सम्पूर्ण सञ्चारकर्मी साथीहरुलाई सामाजिक दूरी कायम गर्दै, मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गरी सुरक्षित रुपमा खटिनु हुन अनुरोध गरिएको छ, विज्ञप्तिमा उल्लेख छ ।
विद्युतीय ध्वनी तरंगमा पहिलोपटक रेडियो नेपालमार्फत वि.सं. २०५१ भदौ १ गतेका दिन तामाङ भाषामा समाचार प्रसारण भएको ऐतिहासिक दिनलाई तामाङ समुदायले तामाङ प्रसारण दिवसको रुपमा मनाउँदै आएको हो । संघले यसअघि प्रत्येक वर्ष तामाङ प्रसारण दिवस मनाउँदै आएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

तापसंघ चितवनले मनाए २६औं तामाङ प्रसारण दिवस

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23











