September 18, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

परीक्षा बोर्डले गर्यो एसईईको नतिजा सार्वजनिक

August 17, 2020

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षाफल प्रकाशन भएपछि विभिन्न माध्यमबाट नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ । जसका लागि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट https://www.see.gov.np/exam/results, राष्ट्रिय परीक्षा बोर्डको https://www.neb.gov.np/results, शिक्षा विभागको http://doe.gov.np/ शिक्षा मन्त्रालयको वेबसाइट https://moe.gov.np/ र नेपाल टेलिकमको https://see.ntc.net.np/ मा गएर हेर्न सकिन्छ। कोरोना भाइरसको महामारीको कारण गत ६ चैतका लागि निर्धारित एसईई अन्तिम समयमा स्थगित भएको थियो ।
परिक्षाको नतिजा विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा सार्वजनिक गर्न लागिएको हो । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरूमध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।
चार लाख ८२ हजार विद्यार्थीले फारम भरेका थिए । तर, चार लाख ७२ हजार ७८ जनाको मात्र परीक्षाफल प्रकाशित गरिएको छ ।