चितवन / चितवनका थप २० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका २० जना सहित कुल ३० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाको विभिन्न वडाका ५ पुरुष र ७ जना महिला, राप्ती ४ र ५ नम्बर वडाका २ जना पुरुष, खैरहनी ३ का ५ जना महिला जसमध्य एक वृद्धाको हिजो मृत्यु भएको छ । रत्ननगर १० को १ जना पुरुष रहेका छन् ।त्यस्तै नवलपुरका ३ पुरुष र २ जना महिला, महोत्तरीको १ जना पुरुष, बाँकेको १ जना महिला, तनहुँको १ पुरुष, मकवानपुरकी १ महिला र बाराको १ जना पुरुष रहेका जनाइएको छ ।

- ADVERTISEMENT -


















































