December 6, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर अस्पतालका मेसु डा वगालेले कोरोना जिते

August 22, 2020

चितवन / रत्ननगर बकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा.विश्वबन्धु बगालेले कोरोनालाई जित्न सफल हुनु भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा.बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।
भरतपुर अस्पतालबाट स्वाब दिनुभएका ३९ वर्षीय डा.बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ । डा.बगालेलाई १२ दिन अघि गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि घरकै आईसोलेसनमा वसि रहनु भएको छ । कार्य क्षेत्रमै खटिएका बेलामा उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उहाँ संगै परिक्षणका क्रममा श्रीमतिको भने पुनः संक्रमित देखिएको वगालेले जानकारी दिनुभयो । आईसोलेसनमानै रहेका छोराको भने नतिजा नेगेटिभ आएको छ ।

- ADVERTISEMENT -