काठमाण्डौ / विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारीबाट जोगिन बालबालिकाका लागि मास्क लगाउने सम्बन्धी नयाँ नियम लागू गरेको छ ।
संगठनले १२ वर्षभन्दा बढी उमेर भएका बालबालिका लागि मास्क लगाउने नियमलाई अनिवार्य गरिदिएको छ ।
संगठनले जुन मुलुकमा बयस्कका लागि मास्क लगाउने नियम लागू गरिएको छ त्यही नियम १२ वर्षभन्दा बढी उमेरका बच्चाका लागि पनि लागू हुने छ । बालबालिकाले कोरोना संक्रमण कुन गतिमा फैलाउन सक्छ भन्ने यकिन हुन नसकेकाले उनीहरुका लागि यो नियम लागू गरिएको संगठनले जनाएको छ ।
संगठनले ५ वर्ष र त्योभन्दा कम उमेरका बालबालिकाकालाई मास्क नलगाउन पनि भनेको छ । यस्तै ६ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई मास्क लगाउँदा परिवारका सदस्यले लगाइदिने र फुकाल्नमा मद्दत गर्न पनि संगठनले सुझाव दिएको छ ।
August 23, 2020
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -