बेथानचोक / काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका यतिखेर गाउँपालिका भरिकै ‘अराजक र भ्रष्टचारी’ शिक्षकको पक्षमा उभिँदा विद्यार्थी मात्र होइन अभिभावक नै अजित भएका छन् । नेपाली काँग्रेस समर्थित शिक्षक श्याम लामाको पक्षमा गाउँपालिकाकै शिक्षा कार्यविधि विरुद्ध शिक्षा शाखा उभिएपछि अभिभावक अजित भएका हुन् ।
च्यासिंखर्क स्थित कपेर आधारभूत विद्यालयमा १२ वर्षसम्म प्रधानाध्यापक हुँदा सामाजिक परिक्षण समेत नगरेकाले अभिभावकले शिक्षक लामालाई तत्कालीन जिल्ला शिक्षा कार्यालयमा समेत उजुरी गरेको थियो । विभिन्न विद्यालयमा सरुवा गर्दै फेरि सोही विद्यालयमा सरुवा भएपछि अभिभावकले कुनै पनि हालतमा हाजिर गर्न नदिएपछि विवाद फेरि सतहमा आएको छ ।
शिक्षक सरुवा गर्दा सम्बन्धित विद्यालय ब्यबस्थापन समितिसँग समन्वय गर्नुपर्ने प्राब्धन भएपनि समन्वय नै नगरी एक्कासी शिक्षक लामालाई कपेर आधारभूत विद्यालयमा सरुवा गरेपछि हाजिर गर्न नदिएको विव्यस अध्यक्ष रहर सिं लामाले बताए । ‘हामीसँग कुनै समन्वय नगरी बेथानचोक गाउँपालिकाको शिक्षा साखाले कार्यपालिकाको निर्णय भन्दै पत्रचार गरि हाजिर गराउन दबाब दिइरहेको छ ।’ अध्यक्ष लामाले भने, ‘हाम्रो विद्यालयलाई निमावि शिक्षक चाहिएको छ । अर्को कुरा यो विद्यालयलाई तहसनहस पारेर विद्यार्थीको भविष्य माथि नै खेलवाड गरेकोले यहाँबाट निकालिएको थियो । अब यो विद्यालयमा कुनै पनि हालतमा राख्न सकिदैन मिल्दैन पनि ।’
शिक्षा शाखाको पत्रको जवाफ समेत विव्यसको बैठकले दिएको अध्यक्ष लामाले जानकारी दिए । ‘यसलाई बदर गर्न माग गर्दै २०७७।४।२५ गते समितिको बैठक बसी कपेर आधारभूत विद्यालय (निमावि) दरबन्दी मात्रै आबस्यक रहेकोे र प्रा.बि. शिक्षकलाई हाजिर गर्न नसक्ने जानकारी पत्र पठाएर निर्णय सच्याउन माग समेत गरेका छौं ।’ लामाले बताए ।
१२ वर्षसम्म सामाजिक लेखा परिक्षण गरेनन्, छात्रबृत्ति रकम समेत खल्तीमा
शिक्षक लामा २०५० साल पौषबाट कपेर प्राविमा कार्यरत भएको र २०६५ मङ्सिरसम्म सोही विद्यालयमा कार्यरत हुँदा २०५३ साल देखि २०६५ सालसम्मको सामाजिक लेखा परिक्षण समेत गरेका थिएनन् । हालसम्म पनि सो नभएको विव्यस अध्यक्ष लामलो बताए । ‘१२ बर्षसम्मको आर्थिक पारदर्शी मात्र नभएको होइन, दलित विद्यार्थीको नाम्मा आएको छात्रवृत्ति समेत आफ्नै खल्तीमा राखेको पाइयो ।’ उनले भने, ‘बिद्यालय प्रसासन अस्तब्यस्ता बनाएको तथा ब्यबस्थापन समिति र अभिभावकको सुझावलाई बेवास्ता गर्दै आयो त्यसैले २०६५ सालमा ब्यबस्थापन समितिले प्रअबाट हटाउने निर्णय गरिएको थियो ’
- ADVERTISEMENT -
प्रअबाट हटाइए पछि २०६५ मङ्सिरमा डुमबर प्राविमा सरुवा भएको थियोे त्यहाँ पनि प्रअको जिम्मेवारीमा रहि आर्थिक हिनामिना गरेको आरोप लागेपछि ब्यबस्थापन समिति अभिभावकबाट घेराउ गर्दा झ्यालबाट भाग्न सफल भएको थियो ।
तत्कालीन जिल्ला शिक्षा अधिकारी सुन्दर कुमार शाक्य भएको बखत पुन कपेर आधारभूत विद्यालयमा काजको रुपमा एक महीना नपुग्दै जिल्ला शिक्षा कार्यालय, काभ्रेको सान्तिराम पौडेल शाखा अधिकृतले शिक्षक लामालाई काज दरबन्दीमा प्रधानाध्यापक नियुक्ति गरेर पठाए पछि थप विवाद भयो एकै ठाउँमा कसरी दुई जना प्रअ भयो खोजिको विषय बन्यो ।
नक्कली सही र माइन्यूट बनाएर पअ बने
काजमा रहेको शिक्षक प्रधानाध्यापक बनेपछि विव्यसका अध्यक्ष लगायतका टोलीले जिल्ला शिक्षा कार्यालय, धुलिखेलमा बुझ्न जाँदा शिक्षक श्याम लामाले किर्ते निर्णय बुझाएको पाइएको थियो । शिक्षक लामाल आफैंले ब्यबस्थापन समितिको निर्णय, अभिभावक भेलाको निर्णय र सबैको किर्ते दस्तखत गरि पेस गरेको पाइएको थियो ।
त्यतिबेला ब्यबस्थापन समिति र अभिभावकले किर्ते गरेको शिक्षकलाई कार्वाहीको माग गर्दै जिल्ला शिक्षा कार्यलयमा निवेदन समेत दर्ता गरेको थियो । त्यसपछि जिल्ला शिक्षा कार्यलयले तुरुन्तै काज फिर्ता गरेसी विवाद हटेको थियो ।
त्यसैगरि जिल्ला शिक्षा कार्यालयले कालीदेबि प्राविमा सरुवा पठाए त्यहीँ पनि दुई बर्ष प्रधानाध्यापक बने । त्यो बेला पनि उनको भूमिकामा प्रश्न उठ्यो समुदायले रुचाएनन र टिकन सकेनन् ।
त्यसपछि बाल उन्नति प्रावि गोलगाउँमा सरुवा पठाए त्यहाँको ब्यबस्थापन समितिले १ बर्षसम्म हाजिर नगरे पछि अन्तिममा ढुंङखर्कमा रहेको पार्बती माविमा हाजिरी गराइ तलब बुजेको र मिति २०७७।३।२५ सम्म कार्यरत थिए ।
बेथानचोक गाउँपालिकाले मिति २०७७।३।२६ गतेको निर्णय अनुसार भन्दै २०७७।३।३० को दरबन्दी सहित कपेर आधारभूत विद्यालयमा सरुवा पठाएको जानकारीको पत्र लिएर शिक्षक लामा विद्यालयमा आएका थिए ।
शिक्षा कार्यबिधि–२०७७ मा के व्यवस्था छ ?
१ शिक्षकलाई समायोजन गर्दा पालिका भरीको बिद्यालयको अवस्थालाई ख्याल गरि गर्नु पर्ने ।
२ निमावि दरबन्दी नभएको ठाउँमा निमावि दरबन्दी पठाउनुपर्ने, सोही स्तरको दरबन्दी नभएको अबस्थामा निमाविमा पढाउन सक्ने योग्यता प्राप्त प्रावि स्तरको शिक्षक पठाउनुपर्ने
३ शिक्षक पठाउँदा सम्बन्धित बिद्यालय व्यवस्थापन समितिसँग समन्वय गरि मात्रै पठाउनुपर्ने । त्यहाँको शिक्षक अभिभावकले रुचिकर छ छैन बुझेर मात्रै पठाउनुपर्ने ।
शिक्षा कार्यविधिको कुनै बुँदासँग उनको सरुवाको मेल नखाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहरसिं लामाले बताए ।
शिक्षक लामाले केही महिना अगाडि मात्रै पार्बती माविका प्रधानाध्यापक गोबिन्द शर्मा प्रती दुव्र्यवहार गरेपछि कपेर आधारभूत विद्यालयमा सरुवा गरेको बुझिएको छ ।
श्याम लामालको दादागिरी अझै यथावत
विद्यालयले हाजिर नगर्ने भएपछि आफैले हाजिरी कापी खोसेर आफ्नो हाजिर जबर्जस्त गरिएको शिक्षकहरु बताउँछन् ।
श्रावण १३ गते शिक्षक लामाले कोहि नभएको मौका पारी जबर्जस्त बिद्यालयको लेटरप्याट प्रयोग गरि शिक्षक श्याम लामालाई बिद्यालय प्रसासनले हाजिरी गराएको ब्योहोरा सहितका पत्र बनाउन लगाइ राजीनामा दिइसकेको प्रधानाध्यापक सम्भु सापकोटालाई जबर्जस्त हस्ताक्षर गर्न लगाइएको छ ।
यस विषयमा गाउँपालिकामा लिखित र मौखिक रुपमा जानकारी दिएपनि वेवास्त गरिएको व्यवस अध्यक्ष लामाले गुनासो गरे ।
-तेमाल अनलाइनबाट ।
- ADVERTISEMENT -