January 21, 2025
- ADVERTISEMENT -

‘एटीएमको ढोका खुला राखेर पैसा झिक्नु’

August 26, 2020

काठमाडौं / देशभर कोरोना संक्रमण बढ्न थालेपछि राष्ट्र बैँकले एटीएमको ढोका खुला राखेर पैसा झिक्न निर्देशन दिएको छ ।
अबबाट एटीएम प्रयोगकर्ताले एटीएम बुथको ढोका खुल्लै राखेर मात्र पैसा भिक्न पाउनेछन् । जसका लागि राष्ट्र बैंकले सकेसम्म बैंकहरुले एटीएमको ढोका खुल्लै राख्न भनेको छ । कोरोना भाइसरको संक्रमणको जोखिम बन्द एटीएममा बढी भएको हुँदा सो आग्रह ग्राहक गरिएको राष्ट्र नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिनु भयो ।
बैंकहरुको एटीएम बुथ सानो र साघुरो हुन्छ, त्यस्तो ठाउँमा संक्रमणको जोखिम पनि बढी हुन्छ,’ उहाँले भन्नुभयो, ‘जसकारण हावा राम्रोसँग एटीएम बुथमा आवतजावत होस् भनेर ढोका खुल्लै राख्नु भनिएको हो ।’
ग्राहकलाई एटिएम प्रयोग गर्दा ढोका खुल्लै राखी पिन नम्बर जिउले ढाकेर प्रयोग गर्न आग्रह राष्ट्र बैंकको छ । साथै बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा एटीएम बुथमा सेनिटाइजर र टिस्यु पेपर राख्न निर्देशन दिइएको कार्यकारी निर्देशन ढकालले बताउनु भयो । ‘एटीएम मेशिन प्रयोग गर्दा कोरोना संक्रमणको जोखिम भएकाले बैँकहरुलाई सबै एटीएममा अनिवार्य सेनिटाइजर र टिस्यु मौखिक निर्देश दिइएको छ,’ उहाँले भन्नुभयो, ‘निर्देशनको पालना भए नभएको प्रहरी तथा राष्ट्र बैंकले अनुगमन गर्नेछ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -