भुम्लु / काभ्रे जिल्लामा ४ जनाले कोरोना जितेर घर फर्केका छन् । धुलिखेल अस्पतालको आइसोलेसनमा उपचाररत भुम्लु गाउँपालिकाका चारजना कोरोना संक्रमित बुधबार कोरोना जितेर घर फर्किएका हुन् ।
दोस्रोपटकको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु घर फर्केको स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिएका छन् । घर फर्किएपछि उनीहरु १४ दिनको होम क्वारेन्टिनमा अनिवार्य बस्ने पनि झाले बताए ।
उनीहरुलाई अस्पतालबाट घरसम्म लिएर जान गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेको भुम्लु गाउँपालिकाको अध्यक्ष गुमानध्वज कुँवरले बताए । अध्यक्ष कुँवरका अनुसार गाउँपालिकाको तीन जना संक्रमित अझै अस्पतालमा उपचार भैरहेको छ । उनले भुम्लु कोरोनाको उच्च जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहेक घर बाहिर नआउन, मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध समेत गरे ।
भुम्लु गाउँपालिकामा हालसम्म ८ जना र मण्डनदेउपुरको स्थायी घर भएर भुम्लु बस्ने एक जनाको कोरोना संक्रमण देखिएको थियो । बुधबार कोरोना जितेर घर फर्किएका एउटै बडाका व्यक्तिहरु हुन् । मंगलबार कोरोना देखिएको कर्मचारी पाँचखाल नगरपालिकाको आइसोलेशनमा र उनका परिवारका सदस्यहरु पनि क्वारेन्टाइनमा बसेको स्वास्थ्य शाखाका प्रमुख सुर्दशन भट्टराइले जानकारी दिए ।
August 26, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -