October 7, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संक्रमित एकैदिन ५२ जना, सबैभन्दा बढी महानगरमा

August 27, 2020
Coronavirus economic impact concept image

चितवन / चितवनको भरतपुर कोभिड–१९ प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन ५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
बुधबार रातिसम्म गरिएको परीक्षणमा चितवनका ४५ र तनहुँका २ जना, पूर्वी नवलपरासीका ३ जना र सर्लाहीका २ जना गरी ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका १८ जना, रत्ननगर नगरपालिकाका १८ जना रहेका छन् । यस्तै माडी नगरपालिकाका ९ जना रहेका छन् । यस्तै तनहुँको देवघाट र भानुका गरि २ जना, पूर्वी नवलपरासीको गैंडाकोटका १, मध्यविन्दुका २ जना गरी ३ जना, सर्लाहीको इश्वरपुरका १ र हरिपुरका १ गरी दुई जनामा संक्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमित भेटिएका छन् । जसमा भरतपुर–१ का ३० वर्षीय पुरुष, वडा नंं. २ का २५ र ४० वर्षीय दुई जना पुरुष, वडा नं.३ का १४ र ५३ वर्षीया महिला, १७ र २२ वर्षीय पुरुष गरि ४ जना, वडा नंं.८ का २५ वर्षीया महिला, वडा नंं.९ का २८ वर्षीया महिला, वडा नंं.१० का २३ वर्षीया महिला, ३० र ५१ वर्षीय पुरुष गरी ३ जना, वडा नंं.११ का ३३ र ४० वर्षीया महिला, २३ वर्षीय पुरुष गरी ३ जना, वडा नंं.१४ का २३ वर्षीया महिला रहेका छन् । यस्तै भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर–७ र २२ का ६६ वर्षीय पुरुष र ३४ वर्षीया महिला गरी २ जनामा संक्रमण पुष्टि भएको थियो ।
यसैगरि रत्ननगर नगरपालिकामा पहिलोपटक एकैदिन १८ जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा रत्ननगर–४, ९ र १२ का १९ देखि ५३ वर्षका १२ जना पुरुष र २३, ४५ वर्षका २ जना महिलामा संक्रमण पुष्टि भएको हो । कन्ट्याक्ट ट्रेसिङ गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा रत्ननगर–६ का ३२ वर्षीया महिला, वडा नं.१० का ३० र ५१ वर्षीय २ जना पुरुष र वडा नं.१५ का २१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यसैगरि माडी नगरपालिकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । वडा नंं.६ र ७ का ५ महिने शिशुदेखि ४८ वर्ष उमेर समूहका ५ जना पुरुष र ४० देखि ६० वर्ष उमेर समूहका ४ जना महिलामा संक्रमण पुष्टि भएको हो । पहिलो चरणको लकडाउन पछि पहिलोपटक माडीमा नयाँ संक्रमित भेटिएका हुन् । उनीहरुको समुदायबाट परीक्षण गरिएको हो । योसंगै माडीमा संक्रमितको संख्या ५० पुगेको छ ।
यसैगरि भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँ देवघाटका ५१ वर्षीय पुरुष र चितवन मेडिकल कलेज प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँ भानु–५ का ५० वर्षीय पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका–५ का ३५ वर्षीय पुरुष, मध्यविन्दु–१० का ४० र ५० वर्षीय दुई जना पुरुष गरी तीन जना, सर्लाहीको इश्वरपुर–५ का २४ वर्षीय पुरुष र हरिपुर–१ का २७ वर्षीया महिला गरी दुई जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार राति कुल ३१४ नमुना परीक्षणमा गरिएको थियो ।

- ADVERTISEMENT -