चितवन / स्थानीयको अवरोधका कारण एक सातादेखि उठ्न नसकेको भरतपुर महानगरको फोहोर उठ्न सुरु गरेको छ । फोहोर बिसर्जन व्यवस्थित गर्ने विषयमा स्थानीय टोल सुधार समितिहरुसँग सहमती गरी फोहोर उठाउन थालिएको हो । हाल महानगरले भरतपुर महानगरपालिका वडा नम्बर ३ नगरवन नजिकै फोहोर बिसर्जन जर्दै आएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दिर्घकालिन रुपमा फोहोर व्यवस्थापनको काम भैरहेको भए पनि समय लाग्ने भएकाले अस्थायी रुपमा विगतमा बिसर्जन गरिएकै ठाउँमा फोहोर फालिएको बताउनुभयो । स्थानीयको मागलाई सम्बोधन गर्दै व्यवस्थित बिसर्जन गर्ने गरि फोहोर उठाउन थालिएको उहाँले जानकारी दिनुभयो । बुधबार सहमति भएसँगै आजबाट महानगरले फोहोर उठाउने कार्यलाई निरन्तरता दिने भएको छ ।
महानगरले दिर्घकालिन रुपमा फोहोर व्यवस्थित गर्दैछ । दाहालका अनुसार कोरीयन सरकारको सहयोगमा आँपटारीमा व्यवस्थित डम्पिङ साइड वन्दैछ । सो क्षेत्रको १५ विगाह वन क्षेत्रको सोधभडताल गर्ने गरि महानगरले माडीमा १५ विगाह जमिन खरिद गरेर वन वनाउँदै छ ।
झण्डै एक वर्ष अघि कोरीयन सरकारसंग सम्झौता गरि बिस्तृत अध्ययन प्रतिवेदनको काम कोरीयन कम्पनिलेनै गरिरहेको उहाँले जानकारी दिनुभयो । कोरेना संक्रमणका कारण काममा केही ढिलई भएको हो । सेप्टेम्बरको अन्त्य सम्ममा प्रतिवेदन तयार हुनेछ । कोरीयन सरकारकै रु ९ करोडको खर्चमा प्रतिवेदन वनिरहेको छ । यस संगै फोहोर बिसर्जनको उपयुक्त बिधि सहित काम अघि वढ्ने छ । त्यसको सहयोग कोरीयन सरकारलेनै गर्ने दाहालको भनाई छ । फोहोरबाट उर्जा, प्राङ्गारिक मल, पुनः प्रयोग लगाएतको काम गरिने छ ।
महानगरले कम्पोष्ट च्याम्बरमा अनुदान, फोहोर व्यवस्थापन तालिम लगाएतका गतिबिधि गर्दै आएको छ । प्रदेश सरकारसंग मिलेर भरतपुर महानगरपालिका वडा नम्बर ११ नवजागृति सामुदायीक वनमा कुहिने फोहोरबाट वायोग्यास र मल वनाउँदै छ । जसका लागि वागमती प्रदेश सरकारले रु ५० लाख सहयोग गर्दै छ । नपुग रकम महानगरले वेहोर्ने उहाँले जानकारी दिनुभयो ।
दाहालले आँफु प्रमुख भए देखिनै फोहोर व्यवस्थापनमा लागेको भए पनि व्यवस्थित गर्न आबश्यक प्रकृयाका कारण ढिलाई भएको बताउनुभयो । उहाँले भन्नुभयो “फेहोर बिसर्जनका लागि व्यवस्थापनको कामनै नभएको होईन । काम सम्पन्न गर्न समय लगेको हो ।” अस्थायी फोहोर विसर्जन गर्ने अन्य ठाउँको पनि खोजि भईरहेको उहाँले जानकारी दिनुभयो । बिसर्जन गरिएको फोहोरबाट मानव, वन्यजन्तु र जलचरहरुलाई असर नपरोस भन्नेमा महानगर सधै लगिरहेको भन्दै उहाँले कतिपय बध्यताका कारण पनि भनेजस्तो गर्न नसकीएको स्विकार गर्नुभयो । नगरवन क्षेत्रमा फोहोर विसर्जन गर्दा स्थनीय र नदिका जलचरहरुमा असर पर्ने गुनासाो आईरहेको छ ।
भरतपुर महानगरपालिका बातावरण शाखा प्रमुख ई. विराट घिमिरको अनुसार महानगर क्षेत्रबाट दैनिक ७० टन फोहोर संकलन हुने गर्दछ । महानगरले मुख्य वजार क्षेत्रमा दैनिक फोहोर संकलन गर्दै आएको छ भने ग्रामिण क्षेत्रमा १५ दिनमा एक पटक फोहोर उठाउने घिमिरेले बताउनुभयो । ठाउँ अनुसार एक दिन बिराएर, हप्तामा दुई पटक, हप्तामा एक पटक पनि फोहोर उठाइदै आएको छ । स्रोतमानै फोहोर कम गर्न महानगर लागि परेको उहाँले बताउनुभयो । सुइरो कार्यक्रमसगँ सहकार्य गरेर प्लाष्टिक जन्य फोहोर घटाउँदै आएको छ । महानगरबासीलाई घरमा फोहोर वर्गीकरण गरि अधिकतम उपयोग गरेर घरबाट पठाउने फोहोर घटाउन अनुरोध गरिएको घिमिरेले बताउनुभयो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

बल्ल उठ्यो फोहोर, महानगर एक हप्ता फोहोरमय

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.59
153.19

European Euro
1
176.96
177.65

UK Pound Sterling
1
206.18
206.99

Swiss Franc
1
187.34
188.08

Australian Dollar
1
109.41
109.84

Canadian Dollar
1
110.19
110.62

Singapore Dollar
1
120.35
120.83

Japanese Yen
10
9.90
9.94

Chinese Yuan
1
22.75
22.84

Saudi Arabian Riyal
1
40.63
40.79

Qatari Riyal
1
41.86
42.02

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.55
41.71

Malaysian Ringgit
1
37.49
37.63

South Korean Won
100
11.37
11.41

Swedish Kroner
1
15.75
15.81

Danish Kroner
1
23.67
23.77

Hong Kong Dollar
1
19.46
19.53

Kuwaity Dinar
1
497.60
499.56

Bahrain Dinar
1
404.72
406.31

Omani Rial
1
396.33
397.89













