चितवन / नेपाल पत्रकार महासंघ चितवन शाखाले कोरोना संक्रमणबाट सुरक्षित रहनका लागि जिल्लाका पत्रकारहरुलाई अति आवश्यक काम नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । निस्कनै पर्ने काम परेमा पत्रकारले पहिचान झल्काउने ज्याकेट लगाउन र आफ्नो परिचयपत्र अनिवार्य देखिने गरी लगाएर हिड्न महासंघले अनुरोध गरेको छ ।
समाचार संकलनका लागि फिल्डमा खटिने पत्रकारहरुका साधनलाई सडकमा हिड्न प्रशासनले छुट दिएको छ । तर निषेधाज्ञाको समयमा वास्तविक पत्रकारहरुको नाममा नक्कली पत्रकारहरुको बिगबिगी बढ्दै गएको पत्रकार महासंघ चितवन शाखाका राधेश्याम खतिवडा बताउनुहुन्छ । सडकमा प्रेस लेखिएका साधनहरु बाक्लिदैँ गएका छन् । प्रहरीको चेकिङमा पर्दा आफू पत्रकार हो भन्दै कार्ड देखाएर हिँड्नेहरुको संख्यापनि बढ्दो भएको उहाँ बताउनुहुन्छ ।
चितवनमा पत्रकारिता नगर्नेहरुले नै आफ्नो सवारी साधनमा प्रेस टाँसेर हिँडेको देखिएको बताउँदै अध्यक्ष खतिवडाले अपरिचित व्यक्ति र सुन्दै नसुनिएको मिडियाको कार्ड बोकेर साधनमा हिँड्ने गरेको गुनासो बढेको बताउनुभयो ।
‘पत्रकार महासंघ पत्रकारहरुको हकहितमा काम गर्ने संस्था हो, हामी वास्तविक पत्रकारहरुको हकहितका लागि काम गर्दै आएका छौं, अध्यक्ष खतिवडाले भन्नुभयो’, पत्रकारहरुको नाममा नक्कली पात्रले पेशालाई बदनाम गराउने छुट कसैलाइ नभएको बताउनुभयो ।’ पत्रकार बाहेक प्रेसको कार्ड लगाएर हिँड्ने छुट कसैलाई नभएको उहाँले बताउनुभयो । मिडियाको बदनाम हुनेगरी प्रेसको दुरुपयोग गर्नेहरुलाई समातेर कारवाही गर्न स्थानीय प्रशासनलाई भनिसकेका छौँ, उहाँले भन्नुभयो ।
मिडिया हाउसलाई जथाभावी प्रेस कार्ड नबाँड्न अनुरोध गरिसकेको जानकारी दिदै उहाँले समाचारमा काम नगर्नेहरुलाई पनि पत्रकारको परिचयपत्र दिएको पाइएमा सम्बन्धित मिडियालाई पनि कारवाहीको बिषय बनाइने खतिवडाले जानकारी दिनुभयो । ‘विशुद्ध समाचारको क्षेत्रमा काम गर्ने र रिपोर्टिङका लागि फिल्डमा जानै पर्ने पत्रकारहरुका लागि मात्र छुट छ’ अध्यक्ष खतिवडाले भन्नुभयो’, ‘निषेधाज्ञामा प्रेस कार्ड बोकेर को किन सडकमा हिँडिरहेको छ, महासंघले निगरानी गरिरहेको छ । मिडियाका लगानीकर्ता, घर मालिक र नातेदार सम्मले प्रेसका कार्ड बोकेर हिँड्ने गरेको गुनासो आएको बताउँदै अध्यक्ष खतिवडाले चितवनमा कुन मिडियाले कोकोलाई प्रेस कार्ड दिएको छ महासंघले बुझिरहेको बताउनुभयो ।
‘नक्कली प्रेसकार्ड बनाएर रमाइलोको लागि फोटो खिच्न हिँड्ने र प्रहरीको चेकिङमा जोगिनका लागि कार्ड देखाउने गरेको सुनिएको छ’ उहाँले भन्नुभयो’, ‘फिल्डमा हिड्नुपर्नेहरु भन्दा कामै नपरी मिडियाकर्मी भन्दै सडकमा निस्कनेको संख्या बढ्नु गलत हो ।’ आम पत्रकारिताको बद्नाम हुनेगरी भईरहेका यस्ता घटनाहरु तर्फ पत्रकार महासंघ सचेत रहेको उहाँले बताउनुभयो । ‘महामारीको समयमा प्रहरी प्रशासनलाई झुक्याउनकै लागि प्रेसको नाममा कृत्रिम इमर्जेन्सी देखाउँदै सडकमा निस्केका छुट कसैलाई पनि छैन र हुन्न, खतिवडाले भन्नुभयो ।’ प्रेसको दुरुपयोग बढेपछि पत्रकार महासंघले आन्तरिक रुपमा अनुगमन गरिरहेको उहाँको भनाइ छ ।
अध्यक्ष खतिवडाले पत्रकारभन्दा बाहेकलाई पत्रकारको परिचय दिएर कार्ड वितरण गर्ने मिडिया र नक्कली प्रेस कार्ड बोकेर हिँड्नेको विवरण सार्वजनिक गरिने बताउनुभयो ।
- ADVERTISEMENT -

नक्कली प्रेसको विगविगी अनुगमन गर्दै महासंघ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.07
148.67

European Euro
1
173.54
174.24

UK Pound Sterling
1
199.33
200.14

Swiss Franc
1
187.63
188.39

Australian Dollar
1
104.57
104.99

Canadian Dollar
1
106.98
107.41

Singapore Dollar
1
116.23
116.70

Japanese Yen
10
9.30
9.33

Chinese Yuan
1
21.69
21.77

Saudi Arabian Riyal
1
39.46
39.62

Qatari Riyal
1
40.62
40.78

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
40.31
40.47

Malaysian Ringgit
1
37.34
37.50

South Korean Won
100
9.97
10.01

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.23
23.33

Hong Kong Dollar
1
18.91
18.98

Kuwaity Dinar
1
483.26
485.22

Bahrain Dinar
1
392.76
394.35

Omani Rial
1
385.10
386.66













