June 14, 2024

बालिका बलात्कारका आरोपी वडाध्यक्ष जेल चलान

August 28, 2020

गोरखा / बालिका बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला अदालतमा शुक्रबार भएको थुनछेकको बहसमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि रानाभाटलाई कारागार चलान गरिएको हो । जिल्ला न्यायाधिश रमेशकान्त अधिकारीको इजलासले रानाभाटलाई कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार विनोद अधिकारीले जानकारी दिनुभयो ।
गत साउन १६ गते गाउँकै एक १५ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका रानाभाटलाई प्रहरीले जबरजस्तीकरणी शीर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाएको थियोे । प्रहरीले अनुसन्धान पुरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अभियोजनका लागि जिल्ला अदालतमा पेश भएकामा अदालतले पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेपछि प्रहरीले रानाभाटलाई कारागार चलान गरेको हो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -