२०८३ श्रावण ३, आईतवार
July 19, 2026
२०८३ श्रावण ३, आईतवार
July 19, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एकै व्यक्तिले ४/५ पटकसम्म स्वाब संकलन गराउँछन : डा अधिकारी

प्रकाशित मिति : २०७७ भाद्र १२ गते

भरतपुर / कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालामा स्वाबको नमुना थुप्रिने क्रम बढ्दो छ । नमूना लिएको झण्डै एक सातासम्म पनि रिपोर्ट नआएका गुनासो पनि ल्याबसमक्ष छ । तर प्रयोगशालाका प्राविधिकको आफ्नै गुनासो छ ।

ल्याबमा एकै व्यक्तिले एकै दिन फरक फरक ठाउँबाट स्वाब पठाएको र एकै जनाले ४/५ पटकसम्म पठाएको पनि पाइएको ल्याब प्रमुख डा. नीतु अधिकारीले जानकारी दिनुभयो । त्यस्तै निजी अस्पतालमा कोरोना पोजिटिभ देखिदा धेरै स्वास्थ्यकर्मीको नमुना पठाउने र २/४ दिनमा फेरि नयाँ कोभिड पोजिटिभ देखिएपछि त्यति नै संख्यामा नमुना पठाउने गरेको पाइएको छ । यस्तो बेलामा छिटो रिपोर्टका लागि दबाब पनि आउने उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले अस्पतालबाट एकै व्यक्तिको धेरै पटक परीक्षणका लागि नमुना पठाएको हुनसक्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कन्ट्याक ट्रेसिङमा हामीले तल माथि हुन दिएकै छैनौं, संक्रमितसँग फस्ट लाइनमा कन्ट्याक्ट भएकाहरुको नतिजा नआइकन दोस्रो घेरामा रहेकाहरुको परीक्षण गरिएको छैन, पहिलो घेरामा पोजिटिभ आए मात्रै दोस्रोमा जान्छौं ।’

भरतपुर कोभिड–१९ प्रयोगशालाको मेसिन अटोमेटिक नभई म्यानुअल भएकाले स्वाब परीक्षणमा ढिलाइ हुने गरेको छ । अहिलेको मेसिनबाट ६ देखि ८ घण्टामा एक पटकमा ९० नमूना मात्रै परीक्षण गर्न सकिन्छ । यसो हुँदा दैनिक २७० नमूनाको परीक्षण गर्न सक्ने अवस्था छ । प्रयोगशालाले स्वचालित मेसिन ल्याउन माग पनि गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

कोभिडका गम्भीर प्रकृतिका बिरामीहरु बढ्दै गएको र कतिपयको मृत्युसमेत हुँदा आकस्मिक रुपमा परीक्षण गर्नुपर्ने अवस्था पनि थपिएको छ । विभिन्न अस्पतालका स्वास्थ्यकर्मीहरुसमेत संक्रमित हुँदा उनीहरुको परीक्षणलाई प्राथमकितामा राख्नुपर्ने हुँदा अन्य नमूना परीक्षण गर्न ढिला हुँदै गएको प्रयोशालाले जनाएको छ ।

संक्रमित बढ्दै जाँदा कन्ट्याक ट्रेसिङ पनि थपिर्दै गएको छ । एउटा पोजेटिभ केसको कन्ट्याक ट्रेसिङमा ३० देखि ५० जनाको नमूना प्रयोगशालामा आउने गरेको छ ।

चितवन मेडिकल कलेजले कोरोना परीक्षण ल्याब सुरु गरेपछि देखिएका पोजिटिभहरूको कन्ट्याक ट्रेसिङ स्वास्थ्य कार्यालय चितवनले गर्ने र उनीहरूको स्वाब संकलन गरी भरतपुर कोभिड १९ प्रयोगशालामा नै आउने गर्दा प्रयोगशालामा चाप बढ्दै गएको छ ।

कतिपय स्वाब संकलन गरिएका भनिएका भीटीएमहरु खाली नै प्रयोगशालासम्म आइपगेका पनि छन् । स्वाब संकलन राम्रोसँग नगर्ने, स्वाव पोखिने, स्वाव संकलित भाँडो (भीटीएम) साटिने, विवरण भरिएका कागज धेरै तर नमूना एउटा मात्र हुनेजस्ता समस्या पनि देखिएका छन् ।

‘जाँच्ने भनेर तयार गरिएको भिटिएम हेर्दा स्वाब नै हुँदैन अब के रिपोर्ट दिने, जनताले रिर्पोट कुरेर बसेका हुन्छन्, त्यसैले हामीले खाली नै छाड्ने गरेका छौं’ प्रयोगशालाका एक कर्मचारीहरुले भन्नुभयो, ‘स्वाब संकलनमा चरम लापरवाही छ ।’

–नारायणी अनलाइनबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91