June 25, 2024

नेपाल आइडल सिजन–३ को फाइनल आज

August 28, 2020

काठमाडौं । चर्चित रियालिटी शो नेपाल आइडल सिजन ३ को फाइनाल आज हुँदैछ । एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रशारण हुँदै आएको रियालिटी सो नेपाल आइडल सिजन ३ का विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ पुगेका मध्येबाट तेस्रो नेपाल आइडल आज फाइनल हुने भएको छ ।
हजारौंबाट छानिएर उत्कृष्ट ३ मा पर्न सफल प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाई, प्रविण र किरणकुमार भुजेल छन् । उत्कृष्ट ३ मा पर्न सफल ३ नै जनाको सपोटर्स यत्ति बेला आ–आपूmले सपोर्ट गरेकोप्रतिस्पर्धाले जित हासिल गरेको देख्ने पर्खाइमा छन् ।
गत चैत्रमा नै सकिसक्नु पर्ने यो कार्यक्रम कोरोना भाइरसका कारण केही समय रोकिएर पुनः संचालनमा आएको हो । लुकेर रहेका प्रतिभा जोसँग क्षमता छ तर स्थान पाइएका छैनन् त्यस्ताका लागि नेपाल आइडल ठूलोअवसरको रुपमा स्थापित भएको छ । निक्कै नै चर्चित रियालिटी सो नेपाल आइडल सिजन ३ का विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी फस्ट रनरअपले १५ लख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -