January 13, 2025
- ADVERTISEMENT -

भरतपुर महानगरको १४ सहित २६ जनामा कोरोना पुष्टि

August 28, 2020

भरतपुर / भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा आज शुक्रबार गरिएको स्वाब परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राति ९ बजेसम्मको स्वाब परीक्षणमा २७५ नमूना मध्ये २६ जनाको कोभिड १९ पुष्टि भएको र २४९ जनाको नेगेटिभ भएको प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले जानकारी दिए ।
संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नं. ३,५,७,८,९,१०,११,१२,१३,१४ का ८ पुरुष भरतपुर अस्पतालबाट स्वाब संलकन केन्द्र र ६ महिला वीपी कोइराला मोमेरियल क्यान्सर अस्पतालबाट स्वा संकलन गरिएको हो ।
त्यसैगरी रत्ननगर वडा नं. ८ बाट १ महिला वीपी कोइराला मोमेरियल क्यान्सर अस्पताल, गैंडाकोट–८ बाट १ पुरुष वीपी कोइराला मोमेरियल क्यान्सर अस्पताल, गोरखाबाट २ महिला भरतपुर अस्पतालबाट स्वाब संलकन केन्द्र, नवलपुरबाट १ महिला भरतपुर अस्पतालबाट स्वाब संलकन केन्द्र, सप्तरीबाट १ पुरुष र १ महिला, दैलेख, गुल्मी, बारा, सुर्खेत, मोरङबाट ३ पुरुष र २ महिलाको वीपी कोइराला मोमेरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -