चितवन / योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ वेडको आइसोलेसन केन्द्र संचालनमा आएको छ । भरतपुर महानगरपालिका १ बागेश्वरी स्थित प्राकृतिक चिकित्सालयमा ७५ वेडको कोभिड १९ आइसोलेसन केन्द्र आजबाट संचालनमा आएको हो ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइसोलेसनको शुभारम्भ गर्दै कोरोना संक्रमण देखिएका पहिलो चरणका बिरामीलाई योग तथा प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गरिने बताउनुभयो । भरतपुर महानगरपालिकाभित्रका संक्रमितहरुलाई पहिलो प्राथमिकतामा राखेर उपचार गरिने तथा यसलाई आवश्यकताका अनुसार बिस्तार गरिने उनको भनाइ छ ।
महानगरपालिकाभित्र कोभिडका संक्रमितको संख्या बढ्दै जाँदा परीक्षणको दायरा बढाउन अटोमेसन ल्याब संचालनका लागि प्रदेश र केन्द्र सरकारसँग आग्रह गरिएको बताउनुभयो । उहाँले भरतपुर महानगरपालिकाले प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर आइसोलेसन सञ्चालन गरेको बताउनुभयो ।
चिकित्सालयका प्रमुख डा. हेमराज कोइरालाले कोरोना संक्रमण भएका तर लक्षण नदेखिएकाहरु प्राकृतिक विधिवाट उपाचार गरिने बताउनुभयो । उहाँका अनुसार प्राकृतिक खानपान र नियमित व्यायाम गराइने छ । सामान्य लक्ष्यण देखिएका पहिलो तहका बिरामीलाई सो आइसोलेसनमा राखिन्छ । बिरामीलाई बिहान चार किसिमका फलफूलबाट दिनको शुरुआत गरी साँझ दूध र बेसारसँगै खानाको अध्याय सकिने उहाँले जानकारी दिनुभयो । फापरको रोटी, उमारेको गेडागुडीका टुसा, अत्याधिक झोलिलो खाना, जेठीमधु, गुर्जो, मरिच, सुठो, पिप्ला, तुलसीको पानी, दाल, भात, तरकारीजस्ता पौष्टिक तत्व प्रशस्त हुने खाना खुवाइन्छ ।
आइसोलेसनमा बस्नेहरुलाई योग, ध्यान प्रशस्त गराइने छ भने मनोरन्जनको पनि विशेष ख्याल गरिनेछ । आइसोलेसन दिगदारी नबनोस भनेर पारिवारिक वातावरण निर्माण गरिनेछ । डर, चिन्ता र उदासिनसंगै तनाब व्यवस्थापनको काम पनि गरिने उहाँले बताउनुभयो । मनतातो पानी नाकको एउटा प्वालबाट तानेर अर्कोबाट फाल्ने जल नीति, मनतातो पानीले कुल्ला, पानी खाएर उल्टी गर्ने जस्ता विधि प्रयोग गरिने कोइरालाले जानकारी दिनुभयो । यसले गर्दा भाइरससंग लड्ने रोग प्रतिरोधात्मक क्षमता बढ्छ । आइसोलेसनमा १५ जना स्वास्थ्यकर्मी खटिनेछन् ।
सो अवसरमा संघिय सांसद कृष्णभक्त पोखरेल, प्रदेश सांसद विजय सुवेदी, घनश्याम दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी, चिकित्सालयका अध्यक्ष कमल मल्ल,विभिन्न वडाका वडाध्यक्षहरु लगाएतको उपस्थिति रहेको थियो ।
संचालनमा ७५ वेडको आइसोलेसन केन्द्र, प्राकृतिक विधिबाट उपचार गरिदैँ
August 30, 2020
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -