चितवन / चितवन मेडिकल कलेज कोभिड १९ ल्याब परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन जिल्लाका १७ सहित थप २४ जनामा कोरोना भेटिएको ल्याब प्रमुख डा. नवीनकुमार चौधरीले जानकारी भयो ।
उहाँका अनुसार १ सय ५९ जनाको नमुना परीक्षणका क्रममा २४ जनामा कोरोना संक्रमण देखिएको हो । सङ्क्रमित हुनेमा भरतपुर महानगरपालिकाका १५ र रत्ननगर नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । मकवानपुरका ३ जना, नवलपुरका ३ जना र नवलपरासीका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ की १ वर्षीया बालिकादेखि ७८ वर्षीय वृद्धासम्ममा कोरोना सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । सङ्क्रमण भेटिएर आईसोलेसनमा बसेका दुई जनामा पुनः परीक्षण पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ९ पुगेको छ । जस मध्ये ६ जनाको मृत्यु भइसकेको छ । जिल्लाका दुइवटा प्रयोगशाला र प्रदेश प्रयोगशाला धुलिखेलमा गरिएको नमुना परिक्षणका क्रममा जिल्लामा सङ्क्रमितको संख्या वढ्दो छ । कोरोना सङ्क्रमण वढ्न थालेसँगै स्थानिय प्रशासनले तेस्रो साताको निषेधाज्ञा जारी राखेको छ ।
चितवनका १७ सहित २४ जनामा कोरोना पुष्टि
August 31, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -