चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले विरामीको उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने चेतावनी दिएको छ । जिल्लामा कोरोना संक्रमणको वढ्दै गएको समयमा अन्य रोगका बिरामीले समेत उपचार नपाएपछि प्रशासन कडा रुपमा प्रस्तुत भएको हो ।
केही दिन अघि उपचार नपाएर बिरामीको मृत्यु भएको भन्ने समाचार आएपछि प्रशासनले अस्पतालहरु प्रति कठोर बन्नुपरेको प्रशासनले जनाएको छ ।
‘अस्पतालको सहर’मा डुलाउँदा डुलाउँदै बिरामीको मृत्यु भएको समाचार सार्वजनिक भएपछि प्रशासनले बिरामीलाई आकस्मिक सेवाबाट बञ्चित नगर्न निर्देशन दिएको हो ।
आइसियू र भेन्टिलेटर नभएको भन्दै अस्पतालले बिरामीको उपचार नै सुरू नगरेको समाचार सार्वजनिक भएपछि प्रशासनले जरूरी सूचना जारी गर्दै अस्पतालहरूले आइसियू र भेन्टिलेटर खाली नभएको अवस्थामा पनि आकस्मिक कक्षमा राखेर उपचार सेवा सुरू गर्न निर्देशन दिएको हो ।
प्रशासनले सम्पूर्ण अस्पतालले अबदेखि आइसियू शैय्या र भेन्टिलेटर भरिएको वा खाली रहेको संख्या हरेक दिन बेलुका पाँच बजे सार्वजनिक गर्नुपर्ने र सोको विवरण प्रशासनलाई दिनुपर्ने भनेको छ ।
प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बिरामी ‘रिफर’ गर्नुपूर्व रिफर गरिने अस्पतालमा शैय्या खाली भए–नभएको यकिन गर्न भनिएको छ । एम्बुलेन्सले व्यक्तिगत स्वार्थका लागि अस्पताल घुमाएको भए कारबाही गर्ने चेतावनी पनि दिएको छ भने स्वास्थ्यकर्मीहरूलाई हतोत्साहित हुनेगरी कुनै पनि गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ ।
बिरामीले उपचार नपाए कारवाही : प्रशासन
September 1, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -