काठमाडौँ / संयुक्त राष्ट्रसंघ (यूएन) को महासभामा ‘भर्चुअल’ माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहितको १० सदस्यीय टोलीले सहभागीता जनाउने भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण पहिलोपटक ‘भर्चुअल’ माध्यमबाट महासभा हुन लागेको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार महासभामा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्रीसहितको १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । सोहीबमोजिमको ‘क्रेडेन्सियल’ महासभाको औपचारिक प्रयोजनका लागि पठाउने निर्णय सरकारले गरेको प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।
महासभाअन्तर्गत उच्चस्तरीय सप्ताहका बैठकहरूमा भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओली नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलले काठमाडौंबाट, संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि र स्थायी नियोगका कूटनीतिक कर्मचारीहरूले पनि प्रतिनिधित्व गर्नुहुनेछ ।
७५ औं महासभा भदौ ३० देखि असोज १४ सम्म चल्नेछ । सधैं राष्ट्रसंघको मुख्यालय रहेको अमेरिकाको न्युयोर्कमा हुँदै आएको महासभा यसपटक भर्चुअल माध्यमबाट हुन लागेको हो । सरकारका प्रवक्ता खतिवडाका अनुसार राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभाका लागि नेपाल परराष्ट्र सेवाका एक सहसचिव र एक उपसचिवलाई अस्थायी दरबन्दी नवीकरण स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

यूएनको ७५ औं महासभामा ‘भर्चुअल’ माध्यमबाट प्रधानमन्त्री सहभागी हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.63
154.23

European Euro
1
175.15
175.83

UK Pound Sterling
1
205.56
206.37

Swiss Franc
1
189.19
189.93

Australian Dollar
1
106.81
107.23

Canadian Dollar
1
109.07
109.50

Singapore Dollar
1
118.85
119.32

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.66
22.75

Saudi Arabian Riyal
1
40.90
41.06

Qatari Riyal
1
42.15
42.31

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.83
41.99

Malaysian Ringgit
1
37.67
37.82

South Korean Won
100
10.28
10.32

Swedish Kroner
1
15.87
15.93

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
19.60
19.68

Kuwaity Dinar
1
499.20
501.15

Bahrain Dinar
1
407.45
409.04

Omani Rial
1
399.02
400.58











