भरतपुुर / भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालामा गरी ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ । भरतपुर महानगरपालिकाका ३१ सहित ३५ जनामा सोमबार कोरोना पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिनुभयो ।
प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीकाअनुसार यहाँ गरिएको परीक्षणमा चितवनका १५ र अन्य जिल्लाका पाँच जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवनका नयाँ संक्रमितहरु १८ देखि ६५ वर्ष उमेर समूहका छन् । भरतपुर अस्पताल र पुष्पाञ्जलीबाट उनीहरुको स्वाब संकलन गरिएको हो । यस्तै पूर्वीचितवनको राप्ती नगरपालिकामा तीन जना थपिएका छन् ।
राप्ती–८ र ९ का २६ वर्षीय पुरुष र २५ वर्षीया दुई जना महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरुको राप्तीको क्वारेन्टिन र भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो । त्यस्तै रत्ननगर नगरपालिका–१० का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।
त्यसैगरि नवलपरासी, कैलाली, पर्सा, अछाम र रौतहटका एकरएक जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।
त्यस्तै, धुलिखेल परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुरका ५ पुरुष र १५ महिला गरी २० जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ सय नाघेको छ । अहिलेसम्म कोरोना संक्रमितहरु ६ जनाको उपचारको क्रममा मृत्यु भइसकेको छ ।
- ADVERTISEMENT -