November 14, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

युरिया मलमा बिगबिगी, बिचौलियाहरु ठग्दै किसान

September 1, 2020

मकवानपुर / पश्चिम मकवानपुरको मनहरीमा युरिया मलमा पनि बिचौलियाहरुको बिगबिगी भएको भन्दै राक्सिराङ र मनहरी गाउँपालिकाको तरुण दलका युवाहरुले सक्रियता बढाएको छ । बिचौलियाहरुले लकडाउनको फाइदा उठाउँदै महंगो मूल्यका कारण किसानहरु ठगिको शिकार हुनु परिरहेको छ । किसानहरुले बोराको २५ सयदेखि ३ हजार रुपैयाँसम्म हालेर किनिरहेका छन् ।
‘नेपाल सरकारले अनुदान दिएको भन्ने सुनेका छौं तर हामीले पाएका छैनौं,’ राक्सिराङ गाउँपालिका वडा नं ८ की राममाया चेपाङले भनिन्, ‘खुद्रा पसलमा ५० किलोको बोरालाई २५ सय रुपैयाँसम्म तिर्दै आएका छौं । सहकारीमा २३ सय रुपैयाँ तिरेका छौं ।’ युरिया बाहेक सरकारले डीएपीमा पनि अनुदान दिएको छ । तर चेपाङले किलोको ३० देखि ३५ रुपैयाँमा खरिद गर्दै आएको बताइन् ।
मनहरी गाउँपालिकाको किसानको भनाइ पनि चेपाङकै जस्तो छ । राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाको लागि अहिले मनहरी बजारमा रहेको एग्रोभेटबाट मल बिक्री हुदै आइरहेको छ । किसानले किलोमा २५ देखि ३० रुपैयाँ भन्दा बढी तिर्न बाध्य छन् ।
‘युरियाको मूल्य प्रतिकिलो ३० रुपैयाँ भन्दा बढी नै पर्छ,’ मनहरीका राजन तामाङले भने, ‘अनुदान सुनेका मात्रै छौं ।’ सरकारले कृषि उत्पादन बढाउन किसानलाई सहुलियत मिलोस् भनेर रासायनिक मलमा अनुदान दिँदै आएको छ ।’ युरियामा ७० प्रतिशतसम्म अनुदान छ । यसकै लागि वार्षिक अर्बौं रुपैयाँ बजेट विनियोजन गरिएको छ । बिचौलियाका कारण अनुदान किसानसम्म पुग्न सकेको छैन ।
जताततै बिचौलियाहरुको बिगबिगीको कारणले किसानले अनुदान पाउन सकेका छैनन् । अनुदान दिने प्रवृत्ति नै बिचौलिया र कर्मचारीको मागीखाने भाँडो भयो । सरकारले आम कृषकलाई लाभ वा सहुलियत दिने भए खुला रूपमै अधिकतम खुद्रा मूल्यमा अनुदानको मूल्य समायोजन गर्नुपर्छ । मनहरी चैनपुर रोड टोल विकास समितिका अध्यक्ष मिलन मोक्तानले भने, ‘नीति निर्माण गर्ने योजनाकार, कर्मचारी र बिचौलियाका रूपमा काम गर्ने व्यापारी बदमास भएकै कारणले किसानहरु ठगिमा परिरहेको उनले बताए ।
किसानहरु हरेक वर्ष यस्तै ठगिमा पर्ने गरेको छ । मनहरी बजारकै एग्रोभेटहरुले रातको समयमा मल ल्याउने र किसानलाई बोराको २५ सय देखि ३ हजार रुपैयाँसम्ममा निर्धक्कसँग बेचिरहेका छन् । उनीहरुलाई कानुनको डर नै नभएको जसरी दिनदहाडै सोझा चेपाङ, तामाङ किसानहरुलाई ठगिको धन्दा चलाइरहेको पीडितहरु बताउँछन् । यस्तो महामारीको बेलामा पनि ठगि धन्दा मौलाइरहेको भए पनि सम्बन्धित निकायले चासो नदिएको देख्दा उदेक लागेको पीडितहरुको भनाइ छ । नेपाल सरकारले कृषिमा अनुदान दिने भनिए पनि सम्बन्धित निकायले बेलैमा अनुगमन गर्ने कार्यमा चासो नदिएको पीडितहरुको गुनासो छ ।

- ADVERTISEMENT -