निर्वाचन २५ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संक्रमित १११ मध्ये ११० जना कोरोनामुक्त

प्रकाशित मिति : २०७७ भाद्र १७ गते
- ADVERTISEMENT -

उदयपुर / उदयपुर जिल्ला कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ११० पुगेको छ । उदयपुर कोभिड १९ अस्पतालको आइसोलेसनमा रहेका ७ जना अर्थात सवैको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले परीक्षण गरेका १ सय ११ जना मध्ये १ सय १० जना कोरोनामुक्त भएका छन भने होम आइसोलेशनमा रहेकी एक ११ वर्षिय बालिकाको रिपोर्ट आउँन बाँकी रहेको छ ।
कोरोनामुक्त हुने ६ जना त्रियुगा नगरपालिकाका संक्रमितहरु हुन् भने एक जना त्रियुगा नगरपालिका ११ घर भई जनकपुरको प्रयोगशालामा स्वाव दिई सोही प्रयोगशालाले पुष्टी गरेका थिए । यस्तै एक जना बेलका नगरपालिकाका पुरुष पनि कोरोनामुक्त भएका छन् ।
केही दिन अघि मात्रै १४ जना कोरोनामुक्त भएर घर फर्किएका थिए भने सोमबार अबेरसम्म बाँकी ८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
संक्रमणमुक्तहरुलाई आज विदाई गर्ने कार्यक्रम रहेको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले भने, ‘सरोकारवाला निकाय तथा स्वास्थ्यकर्मीको अथक कामले यो सफलता प्राप्त भएको हो । अझै कोरोनाको जोखिम कायम रहेको हुँदा सावधानी अपनाउन म आग्रह गर्दछु ।’ उनका अनुसार जिल्ला प्रवेश गर्ने नाकाहरुमा कडाई गरेपछि उदयपुरलाई कोरोनामुक्त हुन कुनै समय नै नलाग्ने बताए । उनले भने, ‘ सक्केसम्म यस जिल्लाका मानिसहरु संक्रमित क्षेत्रमा न जाऔं अर्थात कोरोना भाइरस बढी प्रभावित प्रदेश नं. २ र विराटनगर, इटहरी लगायतका ठाउँबाट आएका मानिसहरु पनि सम्बन्धित निकायमा जानकारी दिएर होम क्वारेन्टाइनमा बसेमा पनि यो जिल्ला कोरोनामुक्त हुन सक्छ होइन भने यता न उत्ताबाट कोरोनाले घेरिरहेकै छ ।’
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ७ हजारको पिसिआर परीक्षण गरिसकेको छ । होम आइसोलेसनमा बाँकी रहेका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आयो भने जिल्ला कोरोनामुक्त घोषित हुन्छन् ।
यस्तै कोरोना संक्रमणबाट मृत्यु भएका त्रियुगा नगरपालिका ४ सार्की टोल मिलन चोकका ५२ वर्षिय शिक्षकको श्रीमति, भाई, छोराहरुको रिपोर्ट नेगेटिभ आएको छ ।
मृतक कार्यारत त्रियुगा नगरपालिका ७ जनता माध्यमिक विद्यालय कौवाइको शिक्षक शिक्षिकाको पनि स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको स्वास्थ्य प्रमुख सुवेदीले जानकारी दिए ।
यस्तै ज्वरो आएर ३ दिनसम्म बेड भर्ना भएका राजेश हेल्थ केयर सेन्टर मोतिगडाका संचालक लगायत स्वास्थ्य कर्मीको पनि आजमा स्वाब संकलन गर्ने सुवेदीले जानकारी दिए ।

-नागरिक बहसबाट ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58