May 21, 2024

भरतपुरका १५ सहित १८ जनामा कोरोना पुष्टि

September 3, 2020

चितवन / चितवनमा थप १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (बिहीबार) दिउँसो थप १८ जनामा कोरोना भाइरस पुष्टि भएको ल्याब प्रमुख डा नवीनकुमार चौधरीले जानकारी दिनुभयो ।
चौधरीका अनुसार परीक्षणमा चितवनका १५ र पूर्वी नवलपरासीका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनमा संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका रहेका छन् । सिएमसीमा गरिएको परीक्षणमा चितवनका १५ जना सबै भरतपुर महानगरपालिकाका हुन् ।
जसमध्ये भरतपुर–१ का २३ वर्षीय पुरुष, भरतपुर–४ का ३९ वर्षीया महिला, भरतपुर–१० का २ पुरुष र ५ जना महिलागरि ७ जना, वडा नं. ११ का ३ महिला, वडा नं. १४ का ५५ वर्षीय पुरुष, वडा नंं. १६ का ४५ वर्षीय पुरुष र वडा नं. १७ का ४५ वर्षीय पुरुष रहेका छन् ।
यस्तै पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–५ का २८ वर्षीय पुरुष, वडा नं.७ का ६० वर्षीय पुरुष र वडा नं.९ का ६६ वर्षीय पुरुष रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -