जुम्ला / जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान परीक्षणका लागि स्वाब दिनुभएका उहाँको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो । उहाँले भन्नुभयो, “जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भयो । ”
प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताउनुभयो । स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि उहाँ होम आइसोलेशनमा बस्नुभएको छ ।
जुम्लाका प्रजिअ थापालाई कोरोना संक्रमण
September 4, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -