May 20, 2024

खुर्पा प्रहार गरी सोमबहादुरको हत्या

September 4, 2020
File photo.

धादिङ / जिल्लाको नीलकण्ठ नगरपालिका– १३ मा युवकले ६४ वर्षीय पुरुषलाई खुर्पा प्रहार गरी हत्या गरेका छन् ।
स्थानीय २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङलाई बिहीबार साँझ खुर्पा प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सामान्य विवादमा परियारले गुरुङको हत्या गरेका प्रहरीले जनाएको छ ।
हत्या गरिएका युुवकले आत्मसमर्पण गरिसकेकाले उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -