काठमाडौं / ललितपुरमा प्रदर्शनका क्रममा प्रहरी माथि आक्रमण गर्ने ९ जनालाई प्रहरीले चार वटा मुद्दामा अनुसन्धान थालेको छ ।
बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका ९ जनालाई प्रहरीले चार वटा मुद्दामा अनुसन्धान थालेको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार बिहीबार पक्राउ परेका ९ जनालाई हिरासतमा लिई विभिन्न मुद्दामा अनुसन्धान थालिएको हो ।
पक्राउ पर्नेमा ललितपुर–१६ गावाहलका महेश बज्राचार्य, ११ का पृथबिन्दु महर्जन, २१ का अशोजकुमार महर्जन, ६ का रवी शाक्य, १६ का रवीन शाक्य, महालक्ष्मी नगरपालिका – १ इमाडोलका सुविन शाक्य, ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी – ८ का श्याम श्रेष्ठ र काठमाडौं –१६ का यादवलाल कायस्थ छन् ।
राईका उनका अनुसार संक्रामक रोग ऐन २०२०, कुटपिट, स्थानीय प्रशासन ऐन २०२८ र सार्वजनिक शान्तिविरूद्धको कसुरमा उनीहरूलाई अनुसन्धान भइरहेको छ ।
बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भीडले प्रहरी जवान घिमिरेलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरेका थिए ।
- ADVERTISEMENT -

ट्राफिक प्रहरी आक्रमण गर्ने ९ जनामाथि चार वटा मुद्दा
September 4, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
