चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले बढ्दो कोरोना संक्रमण रोकथामका लागि कुनै पनि भ्याक्सिन नभएका कारण सबैले शारीरिक दूरी कम गर्नु नै उत्तम उपाय भएको जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरुङले शारीरिक दूरीले नै सामाजिक भ्याक्सिनको काम गर्ने भएकोले सुरक्षाको मापदण्ड अपनाउँदै व्यापारिक संस्था र पसलहरु खुला गर्न शनिबार एक सूचना जारी गर्दै अनुरोध गर्नुभएको छ ।
प्रहरी कार्यालयको सूचनामा जिल्ला प्रशासन कार्यालय चितवनको शुक्रबारको आदेश अनुसार निषेधाज्ञा जारी नै रहेकोले व्यवसाय तथा पसलहरु खोल्दा बढीमा पाँच जना ग्राहक मात्र प्रवेश गर्न दिन निर्देशन दिइएको छ ।
त्यस्तै, संघसंस्थाले न्यूनतम् कर्मचारी मात्र राख्न, डिपार्टमेन्टल स्टोर र फेन्सी पसलहरुले ट्रायल रुमको प्रयोग नगर्न प्रहरीले निर्देशन दिएको छ । सूचनामा कम दूरीमा सवारी साधनको प्रयोग नगर्न र सरकारी कार्यालयका सेवाग्राहीले प्रायोजन खुलेको सिफारिससहित आवतजावत गर्न पनि निर्देशन दिएको छ ।
- ADVERTISEMENT -