पोखरा / गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा चार जिल्लाका ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा कास्कीका ३१, नवलपरासी (बर्दघाट सूस्ता पूर्व)का १५, गोरखाका १८ र तनहुँका ३ जना रहेका छन् । संक्रमितमध्ये पोखरा महानगरपालिकाको मेडीसिटी अस्पतालमा उपचाररत २ जना छन् ।
यस्तै, पोखरा महानगरपालिका, पृथ्वीचोकमा रहेको पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जनामध्ये २६ र २३ बर्षका २ जना महिला स्वास्थ्यकर्मी (स्टाफनर्स) हुन् भने ३६ र २७ बर्षका २ जना महिला सहयोगी कर्मचारी रहेका छन् ।
यसैगरी पोखरा महानगरपालिकामा रहेको पोखरा फूड्स प्रा.लि.मा कार्यरत १७ महिला र ८ जना पुरुष संक्रमित भएका छन् । नवलपरासी (ब.सु.पू) जिल्ला, देबचुली–१२ का ४० बर्षीय संक्रमित पुरुष स्वास्थ्यकर्मी हुन् । सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ । यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ५ सय ९८ पुगेको छ ।
स्टाफ नर्ससहित ६७ जना कोरोना संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
