२०८२ असार ३२, बुधबार
July 16, 2025
२०८२ असार ३२, बुधबार
July 16, 2025 Wednesday

भारत र चीनबीच वार्ता सुरु भएपनि तनाव बढदै

प्रकाशित मिति : २०७७ भाद्र २३ गते
फोटो : गुगल ।

काठमाण्डौं / भारत र चीनबीच वार्ता सुरु भएपनि तनाव पनि बढीरहेको छ । विविादित हिमाली क्षेत्रमा दोहोरो गोली चलेको छ । चीनको जनमुक्ति सेनाले भारतीय सेनाले विवादित हिमाली सीमा क्षेत्रमा वार्निङ् शट्स वा चेतावनीस्वरूप गोली चलाएपछि उसले जबाफी कारबाही गरेको छ।
जुन महिनामा भएको सीमा झडपमा २० जना भारतीय सैनिक र केही चिनियाँ सैनिक मारिएपछि दुई देशबीच तनाव झन बढिरहेको छ। हिजो भारतीय फौजले चार हजार मिटरको उचाइमा रहेको पोङ्गोङ् ताल नजिकै रहेको एलएसी वा वास्तविक नियन्त्रण रेखा भनिने विवादित सीमाक्षेत्रमा प्रवेश गरेको चिनियाँ सेनाले बताएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -