October 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उपत्यकामा ८ वटा गतिविधिमा अझै निषेध, यी हुन् खुल्ने सेवाहरु

September 10, 2020
Traffic is seen as number of vehicles increase in the street after government and private offices, banks and financial institutions have partially been opened during 77th day of nationwide lockdown imposed amid concerns over novel coronavirus outbreak in Kathmandu, on Monday, June 8, 2020. Photo: Naresh Shrestha/THT

काठमाडौं / कोरोना संक्रमण बढेको भन्दै गत भदौ ३ गतेबाट लागू गरिएको काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो पारिएको छ।
आजबाट सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गरी खाद्यवस्तु, दूध र दूग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा–मासु विक्री वितरण गर्ने पसल विहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ।
यस्तै, काठमाडौं जिल्लाभित्र १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सकिनेछ। भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्ष मुनिका बालबालिका २ जनासम्म राखी चलाउन सकिनेछ।
तर सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनहरु जोरबिजोर प्रणाली अनुसार सञ्चालन गर्नुपर्नेछ। तर मालबाहक ढुवानीका सवारी साधनहरु सञ्चालनको हकमा जोर विजोर प्रणाली लागू हुने छैन।
तर उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले भदौ २४ गतेदेखि भदौ ३१ गतेसम्म ८ वटा क्षेत्रलाई निषेध गरेको छ।
निषेध गरिएका गतिविधिहरू
१. खुल्ला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस आदि गर्न गराउन,
२. भीडभाड हुने गतिविधिः जस्तै जात्रा, महोत्सव, भोजभतेर आदि संचालन गर्न गराउन,
३. मठ मन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरूमा दैनिक नित्य पूजा बाहेकका गतिविधिहरु सञ्चालन गर्न,
४. बढी भिडभाड हुने उद्योग, कलकारखाना, व्यापार र व्यसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीत हुने क्रियाकलापहरु गर्न,
५. चाडपर्व लगायतका धार्मिक सांस्कृतिक तथा सामाजिक कार्य गर्नका लागि हुने जमघटहरु,
६. शैक्षिक संस्थाहरु संचालन गर्न,
७. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, प्रदर्शनी, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालन गर्न,
८. उद्योग, व्यापार, व्यवसाय, निर्माण आदि कार्य गर्नका लागि स्वास्थ्य सुरक्षा मापदण्ड विपरितश्रमिकरकामदारको ओसार पसार गर्ने कार्य गर्न ।
यी हुन् खुल्ने सेवा सञ्चालन गर्न सकिने कियाकलापहरुः
१. काठमाडौं जिल्लाभित्र १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सकिनेछ। साथै भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्र ५ वर्ष मुनिका बालबालिका २ जना सम्म राखी चलाउन सकिनेछ।
२) निजी सवारी साधनहरु (मोटरसाइकलरस्कुटर समेत) स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने तथा भौतिक दूरी कायम गर्ने गराउने गरी सञ्चालन गर्न सकिनेछ। यात्रुवाहक सार्वजनिक यातायातका साधनहरू सञ्चालन गर्दा मापदण्ड अनुरूप सामाजिक दुरी कायम हुने गरी एक लहरमा एक जना (कूल सीट क्षमताको आधा भन्दा नबढ्ने गरी) मात्र बस्ने व्यवस्था मिलाउने, चालक, सहचालक तथा यात्रुहरूले मास्क अनिवार्य लगाउनु पर्ने, सवारी साधनको ढोकामै स्यानीटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रूपमा सवारी साधनको दैनिक निसंक्रमित गरिएको हुनुपर्नेछ। यसरी सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनहरु जोर विजोर प्रणाली अनुसार सञ्चालन गर्नु पर्नेछ । तर मालबाहक ढुवानीका सवारी साधनहरु सञ्चालनको हकमा जोर विजोर प्रणाली लागु हुने छैन । अत्यावश्यक वस्तु वा सेवा मध्ये औषधी विक्री वितरण गर्ने र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसलरव्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न सकिने ।
३. नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गरी अत्यावश्यक वस्तु वा सेवा मध्ये खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा–मासु विक्री वितरण गर्ने पसलहरु विहान ११ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि ७ः०० बजेसम्म खोल्न सकिनेछ ।
४. नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गरी काठमाडौं उपत्यका भित्र विकास निर्माणसँग सम्बन्धित सामग्री विक्री वितरण गर्ने पसलरव्यवसाय साथै सो को ढुवानिका लागि प्रयोग हुने सवारी साधन दिउँसो २ः०० बजेदेखी बेलुका ७ः०० बजेसम्म .खोल्न सकिनेछ ।
५. टेक अबे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन स्वास्थ्यको मापदण्ड पालना गरी गराई दिउँसो १२ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म सञ्चालन गर्न सकिनेछ।
६. सहकारी संस्थाहरु स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाइ बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सञ्चालन गर्न सकिनेछ ।
७. सपिङ्ग मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायतका पसलहरु स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी साताको सोमवार, बुधबार र शनिवारमात्र खोल्न पाईनेछ ।
८. भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आईतबार, मंगलबार र शुक्रबारमात्र खोल्न सकिनेछ।
९. फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, ईलेक्ट्रिक र ईलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्ट स्टोरहरु बिहान ११ः०० बजेसम्म र वेलुकी ४ः०० बजेदेखी ७ः०० बजेसम्म खोल्न सकिनेछ ।
१०. सवारी साधन मर्मत सम्बन्धी वर्कसप विहान ८ः०० बजे देखि बेलुकी ८ः०० बजे सम्म सञ्चालन गर्न सकिने छ तर स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नु पर्नेछ ।
११. उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरूको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै क्याम्पमा राख्ने व्यवस्था गरी जनस्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नु गराउनु पर्नेछ । साथै आवश्यक पर्ने पिपिइ सेटलगायत स्वास्थ्य सामग्री सम्बन्धित उद्योगरकलकारखाना आफैले प्रबन्ध गर्नु पर्नेछ ।
१२. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्षा सञ्चालन गर्न ।
१३. माथि उल्लेख गर्न छुट भएका उल्लेखित सेवाहरुसँग मिल्दोजुल्दो सेवाहरु तोकिएको समयमा सञ्चालन गर्न सकिनेछ ।
१४. विदेश जाने व्यक्तिहरुका लागि आवातजावतमा सहजीकरण गर्न सकिनेछ ।
१५. स्वाब परीक्षण गराउने व्यक्तिहरु रिपोर्ट नआउन्जेलसम्म अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्नु पर्नेछ। कन्ट्याक्ट ट्रेसिंगमा परेका व्यक्तिहरू समेत स्वाब परीक्षण गराउने व्यक्तिहरुको रिपोर्ट नआउन्जेलसम्म अनिवार्य रूपमा होम क्वारेन्टाइनमा बस्नु पर्नेछ । होम क्वारेन्टाइनमा बसे नबसेको निगरानी सम्बन्धित स्थानीय तहको वडा कार्यालयले गर्नु पर्नेछ । यस व्यवस्थाको उल्लंघन हुनेगरी जथाभावी हिँडडुल गर्नेहरू उपर संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुनेछ ।
१६. सञ्चालन गर्न पाउने सेवाहरु स्वास्थ्य मापदण्डबमोजिम भए नभएको विषयमा सम्बन्धित नियामक निकायले नियमित अनुगमन गरी सो को प्रतिवेदन तालुक निकाय र जिल्ला प्रशासन कार्यालयमा पेश गर्नु पर्नेछ ।
१८. माथि उल्लेखित सेवाहरु सञ्चालन गर्दा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्नुरगराउनु पर्नेछ । यस आदेशको उल्लंघन गरे गराएको पाइएमा वा स्वीकृत मापदण्ड विपरित गरेरगराएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुनेछ ।
१९. यस कार्यालयबाट मिति २०७४।०५।१७ गते जारी आदेश बमोजिम सञ्चालन गर्न सकिने सेवा तथा कार्यहरू यथावत सञ्चालन गर्न सकिनेछ ।

- ADVERTISEMENT -