२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

भरतपुर कोभिड १९ प्रयोगशालालाई पिसिआर मेसिन सहयोग

प्रकाशित मिति : २०७७ भाद्र २६ गते

भरतपुर / भरतपुर अस्पतालद्धारा सञ्चालित भरतपुर कोभिड १९ प्रयोगशालालाई स्काईलार्क एग्रो अविनाश ग्रुप नारायणगढले एक थान पिसिआर मेसिन सहयोग गरेको छ । ग्रुपका अध्यक्ष गुणचन्द्र विष्टले मेसिन अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।
जर्मन कम्पनीको क्यूटावर ८४ स्वचालित पिसिआर मेसिन सहयोग गरिएको हो । ग्रुपले रु ५० लाख हाराहारीको लगानीमा सो मेसिन खरिद गरी भरतपुर महानगर प्रमुख रेनु दाहालको उपस्थितिमा हस्तान्तरण गरेको हो । विष्टले सामाजिक उत्तरदायीत्व अन्तर्गत मेसिन हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण वढ्दै जाँदा ग्रुपले अत्याधुनिक प्रविधिको मेसिन खरिद गरी हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो । ग्रुपका निर्देशक टिकाराम पोख्रेलले यस मेसिनले पहिलाको भन्दा चाँडो नतिजा दिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “कोरोना सङ्क्रमण वढ्दै जाँदा नतिजालाई विश्वसनीय र छिटो गर्नका लागि मेसिन सहयोग गरेका हौ ।”
भरतपुर महानगर प्रमुख दाहालले सरकारी तवरबाट खरिद प्रकृया ढिला हुने भएकाले निजी क्षेत्रको सहयोग अहिलेको अवस्थामा अतुलनीय रहेको बताउनुभयो । अहिलेसम्म महानगरवासीको सहयोगले कोरोना नियन्त्रण सहज भएको बताउँदै उहाँले महामारीको समयमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष डा अधिकारीले नतिजा चाँडो निकाल्नका लागि नमूना घान हाल्ने अर्थात आरएनए एक्सट्याक्टर मेसिन मन्त्रालयसँग माग गरिएको जानकारी दिनुभयो । अहिले यहाँ भएको पिसिआर मेसिनले एक पटकमा ९६ वटा नमूनामात्र परिक्षण गर्न सकिने भएकाले घान हाल्ने मेसिन आएसँगै दैनिक एक हजार नमूना परिक्षण गर्न सकिने उहाँले बताउनुभयो । यो मेसिन आएसँगै दैनिक ५ सय नमूना पहिले भन्दा छिटो परीक्षण गर्न सकिने भएको छ ।
प्रयोगशाला प्रमुख अधिकारीका अनुसार प्रयोगशालाको स्थापनापछि आजसम्म २३ हजार भन्दा बढी नमूना परिक्षण गरिएको छ । जसमध्ये चितवनका १८ हजार रहेको उहाँले जानकारी दिनुभयो । परिक्षण गरिएकोमा १ हजार २ सय संङ्क्रमण पुष्टि भएको छ । ती मध्ये १ हजार ८५ चितवनका छन् । हाल प्रयोगशालामा सञ्चालनमा रहेको पिसिआर मेसिन कृषि तथा वन विज्ञान विश्वविद्यालयको हो । नयाँ मेसिन पाएसँगै अस्पतालले विश्वविद्यालयलाई उपकरण फिर्ता गर्न पाउने भएको छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36